मुगु सामुहिक हत्या प्रकरण : शंकास्पद एक जना पक्राउ
काठमाडौं। मुगुको सामूहिक हत्या प्रकरणमा एक जना शंकास्पद व्यक्ति पक्राउ परेका छन्।
जिल्लाको छायाँनाथ रारा नगरपालिका-६ मन्दु गाउँमा सामूहिक हत्या भएको चार दिनपछि आइतबार प्रहरीले एक जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको हो।
आइतबार मध्यान्न करिब १२ बजेको समयमा जिल्ला सदरमुकाम गमगढीस्थितबिच बजार (नगरपालिका जाने बाटो) नजिकैबाट प्रहरीले शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिएका उक्त व्यक्तिबारे प्रहरीले केही बताएको छैन।
हत्या अनुसन्धानका लागि ११ गते नै जुम्ला, कोहलपुर र कर्णाली प्रदेश प्रहरी कार्यालयबाट विशेष अनुसन्धान टोली मुगु पुगेर अनुसन्धान गरिरहेको छ। प्रहरी हत्याराको करिब-करिब नजिक पुगिसकेको जिप्रका मुगुमा प्रमुख प्रहरी नायब उपरीक्षक विरेन्द्र थापाले बताएका थिए।
डिएसपी थापाले भने, ‘शंकास्पद र अनुसन्धानको क्रममा एक जना शंकास्पद व्यक्तिलाई प्रहरीले नियन्त्रणमा राखेको र एकिन र विस्तृत घटनाबारे थप अनुसन्धान भइरहेको छ।’ उनका अनुसार अनुन्धान सम्पूर्ण कोणबाट भइरहेको र पुरै सबुत प्रमाण पुगेपछि अपराधीलाई नियन्त्रणमा लिएर सबै कुरा सार्वजनिक गरिने छ।
आइतबारनै कर्णाली प्रदेश प्रहरी प्रमुख (डिआइजी) भीम ढकाल पनि घटनास्थल पुगेका थिए। उक्त घटनाको बिस्तृत विवरण बुझ्न्, अनुसन्धानमा कति नजिक पुग्यो र अनुसन्धानलाई थप सहयोग गर्न ढकाल मुगु पुगेका हुन्।
शुक्रबार मुन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहोरा र उनका ११ वर्षीय छोरा मनोज बोहोरा, ८ महिनाका छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव घरभित्रै मृत अवस्थामा फेला परेको थियो।
शनिबारनै कर्णाली प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुरसहितको दुइटा विशेष सुरक्षा टोली र जुम्लादेखि एउटा विशेष टोली मुगु जिप्रकाका प्रमुख सहितको सुरक्षाकार्मी पाँच दिनदेखि घटनानास्थलमै लगातार अनुसन्धानमा खटिए पनि खासै हत्याराको अझै कुनै टुंगो लाग्न भने सकेको छैन।
यता मृतकहरुको शव परिक्षणका लागि शनिबार रातिनै सदरमुकाम स्थित जिल्ला अस्पतालमा पुर्याइएको थियो। आइतबार दिउँसोबाट मात्रै शव परिक्षण सुरु गरिएको थियो।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- कोशीमा बजेट विधेयक पारित
- कुटपिटबाट २६ वर्षीय युवाको मृत्यु, घटनामा संलग्न सात जना पक्राउ
- राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट
- इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट
- हजार र पाँच सयका नक्कली नोटसहित एक युवा पक्राउ
- तीन महिने अभियानलाई जसपाले निरन्तरता दिने
- मङ्सिर २३ गते परराष्ट्रमन्त्री साउद कतार जाँदै
- ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
तपाईको प्रतिक्रिया