Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारतिहार अघि बाँकी रहेका ५० प्रतिशत सडक मर्मत गरिने

तिहार अघि बाँकी रहेका ५० प्रतिशत सडक मर्मत गरिने


काठमाडौँ । मुख्य चाडपर्व दसैं-तिहार तथा छठ अघि नै सम्पूर्ण सडक सञ्जाल मर्मत गरिसक्ने तयारी अनुरुप मन्त्रालय तथा सडक विभागले काम गरिरहेको भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले बताएका छन् ।

उनले बर्खाले बिगारेको सडक, खाल्डाखुल्डी ५० प्रतिशत मर्मत गरिएको र बाँकी ५० प्रतिशत सडक तिहार अघि मर्मत गरिने बताए । दसैँ अघि नै सम्पूर्ण सडकको मर्मत गर्ने, खाल्डाखुल्डी पुर्ने योजना गरिएको भए पनि वर्षा नरोकिएका कारण दसैं अघि यो सम्भव नभएको मन्त्री ज्वालाले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया