Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारइजरायलमा हमासद्वारा भएको हमला आतङ्ककारी घटना हो : विदेशमन्त्री ब्लिङ्केन

इजरायलमा हमासद्वारा भएको हमला आतङ्ककारी घटना हो : विदेशमन्त्री ब्लिङ्केन


काठमाडौं । इजरायलमा हमासद्वारा मारिएका दश नेपाली विद्यार्थीप्रति श्रद्धाञ्जली प्रकट गर्दै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले उक्त घटनाको निन्दा गरेका छन् ।

विदेशमन्त्री ब्लिङ्केनले सोमबार परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग द्विपक्षीय वार्ता गर्नुअघि पत्रकारहरुसँग कुरा गर्दै इजरायलमा हमासद्वारा भएको हमला आतङ्ककारी घटना हो भन्दै सो घटनाको निन्दा गरेका थिए ।

अमेरिकाको औपचारिक भ्रमणका क्रममा सोमबार वाशिङ्गटन डिसी गएका परराष्ट्रमन्त्री नारायणप्रकाश साउद र अमेरिकी विदेशमन्त्री ब्लिङ्केनबीच द्विपक्षीय भेटवार्ता भएको थियो । अमेरिकाको विदेश मन्त्रालयमा नेपालका परराष्ट्रमन्त्रीलाई स्वागत गर्न पाउँदा खुसी लागेको विदेशमन्त्री ब्लिङ्केनले बताए ।

दुई देशबीचको पारस्परिक सम्बन्धलाई स्वतन्त्र, सुरक्षित तथा समृद्ध बनाउनका लागि दुई देशले अर्थपूर्ण रुपमा सहकार्य गर्दै आएको विदेशमन्त्री ब्लिङ्केनले उल्लेख गरे । उनले नेपालले क्षेत्रीयस्तरमा मात्र नभई विश्वव्यापी रुपमा नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै राष्ट्रसङ्घीय शान्ति स्थापना मिसनमा खटिएका शान्ति व्यवस्थापकहरुले महत्वपूर्ण भूमिका खेलेको प्रशंसा गरेका थिए ।

अमेरिका नेपालको महत्वपूर्ण विकास साझेदार भएको उल्लेख गर्दै परराष्ट्रमन्त्री साउदले अमेरिकाले विभिन्न क्षेत्रमा विशेषगरी पूर्वाधार, शिक्षा स्वास्थ्य लगायतका क्षेत्रमा गर्दै आएको सहयोगका लागि धन्यवाद ज्ञापन गरे ।

मन्त्री साउदले अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिङ्केनले द्विपक्षीय वार्ताका लागि उपलब्ध गराएको समयका लागि आभार प्रकट गरे । साउदले भने, “नेपाललाई अमेरिकी सरकार र अमेरिकी नागरिकले सङ्कटका घडीमा गर्नुभएको सहयोगका लागि हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु ।”


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया