Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसर्राफको हत्याको आरोपमा ६ जना पक्राउ

सर्राफको हत्याको आरोपमा ६ जना पक्राउ


काठमाडौँ । सोमबार दुई वटा मोटरसाइकलमा आएका ४ जनाले बाराको कलैया स्थित बाल एकता ईङ्गलिश बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश सर्राफको गोली प्रहार गरी हत्या गरेका थिए । उपचारको क्रममा वीरगन्ज स्थित बयोधा अस्पतालमा सर्राफको मृत्यु भएको हो ।

हत्याको आरोपमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । हत्यामा संलग्न पक्राउ परेकामध्ये एकजना महिला विद्यालयकै पूर्वकर्मचारी रहेको बारा प्रहरीले जनाएको छ । हत्या प्रकरणमा महिला जोडिएकै कारण सर्राफको हत्या भएको प्रहरीको अनुसन्धानमा खुल्न आएको छ । जिल्ला प्रहरी कार्यालय बाराका डिएसपी दधिराम न्यौपानेले घटनाबारे मंगलबार पत्रकार सम्मेलन गरेर जानकारी दिने बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया