Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालले शान्ति प्रक्रियालाई सफलता पूर्वक अघि बढाएको छ : प्रधानमन्त्री

नेपालले शान्ति प्रक्रियालाई सफलता पूर्वक अघि बढाएको छ : प्रधानमन्त्री


लुम्बिनी । सोमबार संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसलाई गौतम बुद्ध जन्मस्थल लुम्बिनीमा स्वागत गर्दै प्रधानमन्त्री प्रचण्डले देशको परिवर्तन र रूपान्तरणका लागि सङ्घर्षको नेतृत्व गर्ने नेताका रुपमा आफूले शान्ति र द्वन्द्वको मूल्य बुझेको उल्लेख गरे ।

शान्तिको खोज सधैँ मानवताको सर्वोच्च आकांक्षा भएको पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताए । नेपालले शान्ति प्रक्रियालाई सफलता पूर्वक अघि बढाएको अवगत गराउँदै अहिले आफूहरु शान्ति प्रक्रिया–सङ्क्रमणकालीन न्याय प्रणालीको बाँकी काम टुङग्याउनमा संलग्न रहेको प्रधानमन्त्री प्रचण्डले उल्लेख गरे । उनले आफ्नोे अन्तिम उद्देश्य देशमा दिगो शान्ति र सद्भाव सुनिश्चित गर्नुरहेको बताए ।

लुम्बिनीको विकासमा संयुक्त राष्ट्रसङ्घ लामो समयदेखि संलग्न रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले सन् १९७२ मा जापानी वास्तुकार केन्जो टाङ्गेद्वारा युएनडिपीको सहयोगमा गुरुयोजना सुरू तयार भएको बताए ।

सन् १९९७ मा संयुक्त राष्ट्रसङ्घले लुम्बिनीलाई विश्व सम्पदा क्षेत्र घोषणा गर्दै यसको ऐतिहासिक र सांस्कृतिक महत्वलाई विश्वव्यापी मञ्चमा मान्यता दिएको थियो । विश्वशान्ति र सुरक्षा सुनिश्चित गर्न सबै प्रकारका असमानता, अन्याय, शोषण, वञ्चितता र गरिबीको अन्त्य गरिनुपर्ने प्रधानमन्त्री प्रचण्डको जोड थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया