दोलखाका खेलाडीहरुका लागि अक्षय कोष स्थापना
दोलखा । दोलखाका खेलाडीहरुका लागि अक्षय कोष स्थापना गरिएको छ । भीमेश्वर नगरपालिका ९ ले आयोजना गरेको अध्यक्ष कप उद्घाटन समारोहमा सम्बोधन गर्दै नेकपा (एकीकृत समाजवादी)की नेतृ संगीता पाख्रिनले अक्षय कोष स्थापनाको घोषणा गरेकी हुन् ।
‘म कुनै समय भलिबल खेलाडी थिए । यसकारण खेल क्षेत्र मेरो अभिरुचिको विषय हो । खेल र खेलाडीको आत्माविश्वास जगाउनुपर्छ’ नेकपा एस दोलखाको उपसचिवसमेत रहेकी पाख्रिनले भनिन्,‘दोलखा जिल्लाको खेलाडीको लागि अक्षय कोष स्थापना गर्छु ।’
अक्षय कोष घोषणा गरेकी पाख्रिनले उक्त औपचारिक समारोहमा १० हजार दिने घोषणा गरेकी छन् । उनले १० वर्षसम्म दोलखाको खेलाडीको लागि अक्षय कोषमा सहयोग गर्ने प्रतिबद्धता समेत गरिन् । उनले अक्षय कोषमा जम्मा भएको रकमले खेलाडीहरु दुर्घटनामा पर्दा आर्थिक अभावका कारण छट्पटिनुपर्ने बाध्यताको अन्त्य हुने विश्वास व्यक्त गरिन ।
अन्तरराष्ट्रिय जगतमा कुटनीतिक सम्बन्ध नभएको अवस्थामा समेत खेल क्षेत्रले नेपाल चिनाउने भएकाले खेलाडीको सम्मानका लागि अक्षय कोष स्थापना गरिएको बताइन । ०७९ सालको स्थानीय तहको निर्वाचनमा भीमेश्वर नगरपालिकाको उपमेयरको उम्मेदवार रहेकी पाख्रिनले भीमेश्वरको खेलाडी सदैब सक्षम र अब्बल हुनुपर्नेमा जोड दिइन । यसका लागि आफुले सक्ने सहयोग गर्ने धारणा राखिन । पाचौं र छैटौंको क्षेत्रीय भलिबल खेलाडी रहेकी पाख्रिन दोलखामा सक्रिय राजनीति गर्छिन ।
भीमेश्वर नगरको वडा–९ को वडा अध्यक्ष हिमाल श्रेष्ठको सभाध्यक्षतमा कार्यक्रम भएको थियो । करिब ३५ सय मिटर उचाइमा भएको अध्यक्ष कप कार्तिक १९ गतेसम्म हुने छ । उद्घाटन समारोहका बागमती प्रदेशका सांसद भरत बहादुर केसी, एनफाका उपाध्यक्ष दावा लामा, नेकपा एमालेका उपाध्यक्ष राजेन्द्र मानन्धर लगाएतको सहभागीता रहेको थियो ।
क्याटेगोरी : प्रदेश समाचार, समाचार
ताजा अपडेट
- कोशीमा बजेट विधेयक पारित
- कुटपिटबाट २६ वर्षीय युवाको मृत्यु, घटनामा संलग्न सात जना पक्राउ
- राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट
- इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट
- हजार र पाँच सयका नक्कली नोटसहित एक युवा पक्राउ
- तीन महिने अभियानलाई जसपाले निरन्तरता दिने
- मङ्सिर २३ गते परराष्ट्रमन्त्री साउद कतार जाँदै
- ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
तपाईको प्रतिक्रिया