काठमाडौं । नेपालमा बढ्दै गएको महँगीले आम नागरिकको क्रयशक्तिमा कमी आउँदा सुनचाँदी बजार पनि प्रभावित भएको छ । रुस/युक्रेन युद्धले विश्वभर महँगी बढ्दा नेपाली बजार पनि अछुतो रहेन । महँगीले सबैजसो वस्तुको उपभोग घट्यो । अहिले फेरि इजरायल र हमासबीचको युद्धले विश्वभर महँगीको चिन्ता बढेको छ । यही कारण विश्व बजारमा अमेरिकी डलर, पेट्रोलियम पदार्थ, सुनचाँदीलगायतको मूल्य बढ्दो क्रममा छ । लगानीकर्ताले सुरक्षित लगानीका लागि यी क्षेत्रमा लगानी बढाउँदा माग सिर्जना भई मूल्य बढेको देखिन्छ ।
विश्वबजारमा सुनको मूल्य मंगलबार साँझसम्म प्रतिआउन्स दुई हजार १५ डलरभन्दा माथि पुगेको छ । यही कारण नेपाली बजारमा पनि सुनको मूल्य बढ्दो क्रममा छ । आइतबार छापावाल सुनको मूल्य अहिलेसम्मकै उच्च प्रतितोला एक लाख १७ हजार रूपैयाँ कायम भएको थियो । सोमबार र मंगलबार भने मूल्य केही घटेको छ ।
मूल्य बढेका कारण बजारमा माग घटेको व्यवसायीहरूले बताएका छन् । दशैँअघि पनि सुनचाँदीको कारोबार न्यून भएको व्यवसायीको भनाइ छ । महँगीले उपभोक्ताको क्रयशक्ति घटेका बेला सुनको मूल्य पनि बढ्न गएपछि बिक्री घटेको हो ।
सुनको मूल्यले नयाँ रेकर्ड कायम गरे पनि बैंकमा सुनचाँदी धितो राखेर प्रवाह हुने कर्जा खासै बढ्न सकेको छैन । घरजग्गाई जस्तै सुनचाँदीलाई पनि बैंक तथा वित्तीय संस्थाले विश्वासिलो धितोको रूपमा प्रयोग गर्दै आएका छन् । तर, पछिल्लो समय सुनचाँदी धितो राखेर कर्जा माग गर्न आउने ग्राहकको संख्या कम हुँदै गएको छ । यसको कारण पनि महँगी नै हो । बजार चलायमान भएको बेला आफूसँग भएको नगदले सुनचाँदी खरिद गरेर सञ्चय गर्ने गरिन्थ्यो । अहिले आर्थिक क्रियाकलाप घटेको र महँगीले क्रयशक्ति घटेपछि सुनचाँदीको कारोबार पनि संकुचन आएको छ ।
सुनचाँदी धितोमा भदौ मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले ५२ अर्ब ४५ करोड ३० लाख रूपैयाँबराबरको कर्जा प्रवाह गरेको राष्ट्र बैंकको तथ्यांकले देखाएकोे छ । जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा एक अर्ब चार करोड ९० लाख रूपैयाँले मात्र बढी हो । गत आर्थिक वर्षको भदौ मसान्न्तमा बैंक तथा वित्तीय संस्थाले सुनचाँदी धितोमा ५१ अर्ब ४० करोड ४० लाख रूपैयाँ कर्जा प्रवाह गरेका थिए ।
राष्ट्र बैंकका अनुसार भदौ मसान्तसम्म वाणिज्य बैंकहरूले सुनचाँदी धितो लिएर ४७ अर्ब ६० करोड ९० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा अघिल्लो आर्थिक वर्षको भदौमा भन्दा एक अर्ब ३५ करोड ६० लाख रूपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूले ४६ अर्ब २५ करोड ३० लाख रूपैयाँ सुनचाँदी धितोमा कर्जा प्रवाह गरेका थिए । विकास बैंकहरूले पनि चालू आर्थिक वर्षको भदौ मसान्तसम्म सुनचाँदी धितो लिएर कुल तीन अर्ब ८० करोड ७० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६ करोड ३० लाख रूपैयाँले कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विकास बैंकहरूले सुनचाँदी धितो लिएर कुल चार अर्ब १७ करोड रूपैयाँ कर्जा प्रवाह गरेका थिए ।
फाइनान्स कम्पनीहरूले पनि भदौ मसान्तसम्म सुनचाँदी धितो लिएर कुल एक अर्ब तीन करोड ६० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् । यो कर्जा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा पाँच करोड ५० लाख रूपैयाँले बढी हो । गतवर्ष भदौमा फाइनान्स कम्पनीहरूको यस्तो कर्जा रकम ९८ करोड १० लाख रूपैयाँ थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर
- सङ्घीयतामार्फत नै देश समृद्ध हुन्छ: सभापति देउवा
- भूकम्पपीडित नागरिकको पीडालाई अनुभूति गर्न आए: अध्यक्ष ओली
- पोखरामा दुई दिन ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
- केन्द्रीय कारागार सुन्धारामा दुई सय ६१ विदेशी कैदीबन्दी
- भ्रष्टाचार मुद्दाका पाँच जना फरार व्यक्ति पक्राउ
- आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ
- रमेश कर्प र बोनजोय ट्राभलबीच सम्झौता
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया