विराटनगर । चाडपर्वको मौका छोपेर तस्करहरूले भारतीय बजारबाट अवैध सिमा नाकाको प्रयोग गरी कपडा भित्र्याउने गरेको पाइएको छ ।
गतहप्ता मात्रै सीमा सुरक्षाका साथै भन्सार राजस्व चुहावट नियन्त्रणका लागि खटिएको सशस्त्र प्रहरीको बीओपीले मोरङका विभिन्न अवैध नाकाबाट नेपाल भित्र्याइएको कपडा विराटनगरस्थित कन्चनबारी चोकबाट नियन्त्रणमा लिएपछि कपडा तस्करको सञ्जालको बारेमा खुलेको हो । गत बिहीबार राति करिब ८ बजेको समयमा विभिन्न अवैध नाकाबाट नेपालतर्फ ल्याइएका कपडासहितको गाडी र गाडी चालक समेतलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको थियो । उक्त कपडा विराटनगरबाट सुनसरीतर्फ लैजाँदै गरेको आशंका सशस्त्र प्रहरीले गरेको छ । अन्दाजी करिब सात लाख ५० हजार रुपैयाँबराबरको कुर्ता सुरुवाल मात्र गाडीमा भएको र उक्त गाडीमा कुनै भन्सारसम्बन्धी कागजात नभएपछि सशस्त्रले नियन्त्रणमा लिई आवश्यक कारबाहीका लागि विराटनगर भन्सारमा बुझाएको विराटनगर भन्सारले जानकारी दिएको छ ।
सशस्त्र प्रहरी बीओपीले विराटनगरको कञ्चनबारी चोकबाट प्र १–०४–००१ च ०११० नम्बरको बोलेरो पिकअपसहित आठ सय ३४ थान कुर्ता सुरुवाल बोकेको गाडी चेकजाँच गर्ने क्रममा कुुनै कागजात नभएपछि पक्राउ गरेको जनाएको छ । पक्राउ परेको कुुर्ता सुरुवाललाई १६ पोका बनाएर सुनसरीको इटहरी लैजाँदै गर्दा कञ्चनबारीबाट पक्राउ गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ । सशस्त्र प्रहरीको बीओपीले विराटनगर भन्सारमा करिब १५ लाख रुपैयाँबराबर राजस्व चुहावट भएको दाबीसहित आवश्यक कारबाहीका लागि भन्सारमा बुझाएको हो । सशस्त्र प्रहरीले बोलेरोका चालक विराटनगर–७ का जयकुमार राईलाई समेत नियन्त्रणमा लिएको छ । सशस्त्र प्रहरीले पिकअप भ्यान, कुर्ता सुरुवालसहित चालक राईलाई आवश्यक कारबाहीका लागि गत शुक्रबार नै विराटनगर भन्सार कार्यालयमा बुझाएको थियो ।
विराटनगर भन्सारले पनि चालक राईसँग मंगलबारदेखि आवश्यक बयान लिन सुरु गरेको भन्सारका प्रमुख भन्सार अधिकृत ज्ञानेन्द्रराज ढकालले दिए । अब चालकको बयान र सामानको बजार मूल्यांकन र विद्यमान भन्सार ऐनअनुसार हदैसम्मको कारबाहीको तयारी विराटनगर भन्सारले गरिरहेको ढकालले बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर
- सङ्घीयतामार्फत नै देश समृद्ध हुन्छ: सभापति देउवा
- भूकम्पपीडित नागरिकको पीडालाई अनुभूति गर्न आए: अध्यक्ष ओली
- पोखरामा दुई दिन ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
- केन्द्रीय कारागार सुन्धारामा दुई सय ६१ विदेशी कैदीबन्दी
- भ्रष्टाचार मुद्दाका पाँच जना फरार व्यक्ति पक्राउ
- आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ
- रमेश कर्प र बोनजोय ट्राभलबीच सम्झौता
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया