काठमाडौँ । नेपालको चारदिने औपचारिक भ्रमण सम्पन्न गरी बुधबार संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस यहाँबाट प्रस्थान गरेका छन् ।
उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा बिदाइ गरे । महासचिव गुटेरेसको बिदाइमा नेपाली सेनाले सम्मान गारत अर्पण गरेको थियो । सो अवसरमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी, नेपालस्थित संयुक्त राष्ट्रसङ्घको कार्यालयका प्रतिनिधिलगायत उपस्थित थियो ।
उनी नेपालको औपचारिक भ्रमणका लागि यही कात्तिक १२ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को मैत्रीपूर्ण निमन्त्रणामा यहाँ आएका थिए । महासचिव गुटेरेसले भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए ।
महासचिव गुटेरेसको नेकपा (एमालेएका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधानमन्त्रीद्वय खड्का र नारायणकाजी श्रेष्ठ तथा परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसँग अगल–अलग भेटवार्ता भएको थियो ।
प्रधानमन्त्री दाहालले महासचिव गुटेरेसको सम्मानमा सांस्कृतिक कार्यक्रमसहितको रात्रिभोजको आयोजना गरेका थिए । भम्रणका दौरान उनले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गरेका थिए ।
राष्ट्रसङ्घका महासचिवको करिब १५ वर्षपछि नेपालमा भएको यस भ्रमणलाई कूटनीतिक क्षेत्रमा महत्वका साथ हेरिएको छ । सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घको महासचिव भएपछि नेपालको भ्रमणमा आएका गुटेरेसले यहाँको शान्ति प्रक्रिया, जलवायु परिवर्तन, गरिबी निवारणलगायत विषयमा छलफल गरेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- कोशीमा बजेट विधेयक पारित
- कुटपिटबाट २६ वर्षीय युवाको मृत्यु, घटनामा संलग्न सात जना पक्राउ
- राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट
- इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट
- हजार र पाँच सयका नक्कली नोटसहित एक युवा पक्राउ
- तीन महिने अभियानलाई जसपाले निरन्तरता दिने
- मङ्सिर २३ गते परराष्ट्रमन्त्री साउद कतार जाँदै
- ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
तपाईको प्रतिक्रिया