निकुञ्जको राजस्व दुई करोड
सोलुखुम्बु । सगरमाथा राष्ट्रिय निकुञ्जले एकै महिनामा दुई करोड रुपैयाँभन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ । निकुञ्जले असोज महिनामा मात्रै दुई करोड १० लाख ५४ हजार चार सय सात रुपैयाँ ५४ पैसा राजस्व सङ्कलन गरेको निकुञ्जका सुचना अधिकारी मनोजकुमार मण्डलले बताए ।
विश्वको सर्वाेच्च शिखर सगरमाथा भएको सुन्दर पर्यटकीयस्थल सोलुखुम्बुको खुम्बु क्षेत्रमा पुग्ने पर्यटकको सङ्ख्यामा पछिल्लो समयमा भारी वृद्धि भएपछि निकुञ्जले राम्रो राजस्व संकलन गर्न सफल भएको हो । चालू आर्थिक वर्ष २०८०/८१ को भदौ महिनाको तुलनामा असोजमा खुम्बु भ्रमण गर्ने पर्यटकको संख्या ८६ दशमलव ५ प्रतिशतले वृद्धि भएको थियो । निकुञ्जको तथ्यांकअनुसार भदौमा एक हजार तीन सय २४ पर्यटक सगरमाथा क्षेत्र पुगेका थिए भने असोजमा नौ हजार आठ सय १० पर्यटकले खुम्बु क्षेत्र भ्रमण गरेका छन् । जुन संख्यात्मक हिसाबले आठ हजार चार सय ८६ ले र प्रतिशतको हिसाबले ८६ दशमलव ५ प्रतिशतले बढी हो । असोजमा खुम्बु पुग्ने पर्यटकमध्ये आठ हजार पाँच सय ५१ विदेशी र एक हजार दुई सय ५९ नेपाली रहेको निकुञ्जका सूचना अधिकारी मण्डलले जानकारी दिए ।
त्यस्तै साउन महिनामा भने दुई सय आठ पर्यटक खुम्बु भित्रिदा छ लाख ५६ हजार दुई सय ७४ रुपैयाँ ३६ पैसा राजस्व सङ्कलन भएको थियो । निकुञ्जले सार्क मुलुकका पर्यटकबाट प्रतिव्यक्ति एक हजार पाँच सय, अन्य मुलुकका पर्यटकबाट तीन हजार र नेपाली पर्यटकबाट एक सय रुपैयाँ प्रवेशशुल्क लिने गरेको छ । चालू आर्थिक वर्षको पहिलो तीन महिना साउन, भदौ र असोजसम्ममा ११ हजार तीन सय ४२ पर्यटक सगरमाथा क्षेत्रको भ्रमण गरेका छन् । तीमध्ये एक हजार चार सय ५९ नेपाली, एक हजार चार सय १९ सार्क मुलुकका र आठ हजार चार सय ६४ अन्य मुलुकका विदेशी पर्यटक रहेका छन् । सो अवधिमा निकुञ्जले दुई करोड ५१ लाख पाँच हजार आठ सय ९२ रुपैयाँ चार पैसा राजस्व सङ्कलन गरेको छ ।
विसं २०३२ सालमा स्थापना भएको सगरमाथा राष्ट्रिय निकुञ्जलाई सन् १९७९ देखि विश्व सम्पदा सूचीमा समावेश गरिएको छ । यसको क्षेत्रफल एक हजार एक सय ४८ वर्ग किमि रहेको छ । यो राष्ट्रिय निकुञ्जमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित छ हजार मिटरभन्दा अग्ला ल्होत्से, नुप्से, चोयुजस्ता हिमचुचुराहरू समेत छन् । यस निकुञ्जनभित्रको गोक्यो र सम्बद्ध ताललाई सन् २००७ मा रामसार सूचीमा समावेश गरिएको छ ।
क्याटेगोरी : पर्यटन उधोग, समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- लालुपाते सहकारीको रकम ठगी अभियोगमा सौर्य एयरलायन्सका क्याप्टेनसहित चारजना जेल चलान
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ केजी सुनसहित गोरखाका घले पक्राउ
- मिटरब्याजीले लिएको सात कठ्ठाबढी जग्गा छलफलबाट फिर्ता
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया