नेपालमा आरोहणका लागि खुला नगरिएका हिम शृङ्खलाहरु खुलाउन जरुरी
काठमाडौं । बुधबार नेपाल पर्वतारोहण सङ्घको ५० औं वार्षिकोत्सवलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले पर्वतीय पर्यटनको विकास र प्रवर्द्धनका लागि थप काम गर्न सरकारसँग आग्रह गरेका छन् ।
नेपालमा आरोहणका लागि खुला नगरिएका हिम शृङ्खलाहरु खुलाउन जरुरी रहेको राष्ट्रपति पौडेलले सुझाव दिए । उनले जलवायु परिवर्तनले हिमाल र हिमाली क्षेत्रमा परेको असर न्यूनीकरणका लागि सङ्घले आफ्नो तर्फबाट गम्भीरतापूर्वक काम गर्न आवश्यक रहेको बताए ।
संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले नेपाल कार्बन उत्सर्जन कम गर्ने देश हुँदाहुँदै पनि जलवायु परिवर्तनको समस्या नेपालले भोग्नुपरेको कुरा गर्नु र यसबारेमा विश्वको ध्यानाकर्षण गराउनु नेपालका लागि सन्तोषको विषय भएको पौडेलले बताए ।
पौडेलले हिमाल व्यवस्थापनबाट प्राप्त आम्दानीलाई हिमाली पर्यटनका लागि जनशक्ति उत्पादन र हिमाली पर्यटन प्रवर्द्धनमा उपयोग गर्नुपर्ने धारणा व्यक्त गरे ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- समसामयिक राजनीतिक व्यङ्ग्य
- एनसेल प्रकरणमा सरकार पक्ष प्रतिरक्षामा
- विदेश भ्रमणमा सरकारको कीर्तिमानी ब्रह्मलुट
- कोरियाको निर्माण र सेवा क्षेत्रमा नेपालीलाई रोजगारी
- लाभांश घोषणामा ढिलाइ
- उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर
- सङ्घीयतामार्फत नै देश समृद्ध हुन्छ: सभापति देउवा
- भूकम्पपीडित नागरिकको पीडालाई अनुभूति गर्न आए: अध्यक्ष ओली
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया