वैदेशिक रोजगार विभागको सूचना व्यवस्थापन प्रणालीमा समस्या
काठमाडौँ । वैदेशिक रोजगार विभागले सञ्चालनमा ल्याएको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) मा प्राविधिक समस्या आएको छ ।
वैदेशिक रोजगारीमा जाने श्रमिकका लागि आवश्यकपर्ने अनलाइन प्रणालीमा केही समस्या भएको विभागका शाखा अधिकृत भीमबहादुर शाहीले राससलाई जानकारी दिए । उनका अनुसार फेमिसमा बायोमेट्रिक डेस्क एप्लिकेशनबाट हुने श्रमिकको ‘ओरेन्टेशन’ र ‘बायोमेट्रिक कनेक्सन’मा समस्या आएकाले पुनः सञ्चालनका लागि काम भइरहेको छ । यसले सूचना व्यवस्थापनमा समस्या भइरहेको उनको भनाइ थियो ।
फेमिसमा देखिएको समस्याका कारण वैदेशिक रोजगारीमा जानको लागि श्रम स्वीकृति तथा पुनः श्रम स्वीकृतिको काम भने पूर्णरुपमा प्रभावित नभएको शाखा अधिकृत शाहीले बताए । उनले भने, “काम पूर्ण रुपमा प्रभावित भएको छैन । केही समस्या भएको छ, प्राविधिक साथीहरुले केही दिनयतादेखि काम गरिरहेका छन् ।”
विभागले एक सूचना जारी गरी नयाँ र पुनः श्रम स्वीकृतिको लागि फेसिम प्रणालीमा बायोमेट्रिक खण्ड (सेक्सन)लाई छोड्ने र ओरेन्टेशन खण्डका लागि विभागमा दर्ता भएका अभिमुखीकरण संस्थाबाट जारी दुई दिने अभिमुखीकरण तालिमको प्रमाणपत्र फेमिस प्रणालीमा समावेश गर्ने व्यवस्था मिलाइएकाले सोही बमोजिम गर्न र गराउन अनुरोध गरेको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- समसामयिक राजनीतिक व्यङ्ग्य
- एनसेल प्रकरणमा सरकार पक्ष प्रतिरक्षामा
- विदेश भ्रमणमा सरकारको कीर्तिमानी ब्रह्मलुट
- कोरियाको निर्माण र सेवा क्षेत्रमा नेपालीलाई रोजगारी
- लाभांश घोषणामा ढिलाइ
- उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर
- सङ्घीयतामार्फत नै देश समृद्ध हुन्छ: सभापति देउवा
- भूकम्पपीडित नागरिकको पीडालाई अनुभूति गर्न आए: अध्यक्ष ओली
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया