परिवर्तनका लागि योगदान गर्ने सहिदसँगै घाइते परिवारलाई सम्मान गर्ने
घोराही । घोराही उपमहानगरपालिका–११ जीतपुरमा सहिद परिवारसँग भेटघाट गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सहिदको योगदानलाई राज्यले उच्च सम्मान गर्ने बताएकी छिन् । मन्त्री शर्माले परिवर्तनका लागि योगदान गर्ने सहिदसँगै घाइते, अपाङ्गता परिवारलाई सम्मान गर्ने बताएकी हुन् ।
मन्त्री शर्माले सहिदहरूको नामावली राजपत्रमा प्रकाशित गरेर राज्यले सहिदको सम्मान गरेको बताइन् । शर्माले सरकारले पहिलोपटक सहिदको नाम राजपत्रमा प्रकाशन गर्ने र फागुन १ गतेलाई जनयुद्ध दिवसका रुपमा मनाउनु सहिदप्रतिको सच्चा समान्न भएको धारणा राखिन् । राजपत्रमा प्रकाशित हुन छुटेका सहिदहरुको नाम थप्ने विषयमा सरकारले काम गरिरहेको जानकारी दिदै उनले सबै दलको सहमतिमा द्वन्द्वपीडितलाई न्याय दिने बताइन् ।
सहिद परिवारसँग भेटका क्रममा मन्त्री शर्माले यस क्षेत्रको विकास निर्माणका लागि समेत पहल गर्ने प्रतिवद्धता व्यक्त गरिन् । भेटघाटका क्रममा सहिद परिवार, घाइते तथा अपाङ्गताहरुले आ–आफ्ना समस्याहरु मन्त्री शर्मासँग राखेका थिए । सहिद परिवारले गाउँको बाटो घाटो र खानेपानीको समस्या हल गर्न मन्त्री शर्मालाई आग्रह गरेका थिए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया