Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारमनमोहन अस्पताललाई वाणिज्यको कारवाही

मनमोहन अस्पताललाई वाणिज्यको कारवाही


काठमाडौं, वैशाख ३१
सेवाग्राहीसँग बढी शुल्क लिएको ठमेलस्थित मनमोहन मेमोरियल अस्पताल कारबाहीमा परेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नियमित बजार अनुगमनका क्रममा मंगलबार उक्त अस्पताललाई कारबाही गरेको हो । सोमबार नर्भिक अस्पतालसँग विभागले ठगीको आरोपमा स्पष्टीकरण सोधेको थियो । अल्ट्रा साउण्ड (यूएसजी) सेवाशुल्कमा बढी मूल्य लिएको भन्दै उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम रु दुई लाख ५० हजार जरिवाना गरिएको जनाइएको छ ।

अस्पतालले नौ सय रुपैयाँमा हुनुपर्ने सेवाको एक हजार छ सय लिएको भेटेपछि कारवाही गरिएको हो । लकडाउनका कारण अस्पतालले सेवाग्राहीसँग बढी मूल्य लिएको भन्दै स्वास्थ्यकर्मीका साथमा अनुगमन गर्दै आएको छ । त्यस्तै मंगलबार नै मीनभवनस्थित मीनभवन औषधि पसललाई बढी मूल्य लिएको भन्दै दुई लाख जरिवाना गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया