Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबिल देखाउन नसकेपछि पशुपति ज्वेलर्सका सञ्चालक पक्राउ

बिल देखाउन नसकेपछि पशुपति ज्वेलर्सका सञ्चालक पक्राउ


विराटनगर । भारतबाट तस्करी गरी २०० किलो सुनचाँदीका गहना विराटनगर भित्राएको सूचनापछि मोरङको विराटनगर महानगरपालिका–११ पिचरामा भारतीय नागरिकले सञ्चालन गरेको पशुपति ज्वेलर्समा सरकारी टोलीले छापा मारेको छ ।

विहीबार प्रहरी, प्रशासन, भन्सार र आन्तरिक राजस्व कार्यालयको संयुक्त टोलीले छापा मारेको थियो । रसायनसहित तौल लिँदा चाँदीका सामग्री तथा गहना ९९।९४६ किलोग्राम र सुनका गहना १५३।८ ग्राम रहेको विराटनगर भन्सार कार्यालयका सूचना अधिकारी पर्शुराम दाहालले जानकारी दिए । बरामद भएको सबै मालवस्तु राष्ट्र बैंकले गालेर परिणाम यकिन गर्ने उनले बताए ।

मोरङका प्रहरी उपरीक्षक दीपक पोखरेलले ज्वेलर्समा छापा मार्दा बिल बिजक फेला नपरेपछि चाँदी तथा सुनका गरगहना बरामद गरिएको र सुन चाँदीबाट बनेका सामग्रीको बिल देखाउन नसकेपछि ज्वेलर्सका सञ्चालक विश्वनाथलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको पोखरेलले बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया