Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारप्राधिकरणद्वारा दुई पाइलटको लाइसेन्स निलम्बन

प्राधिकरणद्वारा दुई पाइलटको लाइसेन्स निलम्बन


काठमाडौँ । दुई विमान चालकको लाइसेन्स नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले निलम्बन गरेको छ । रामेछापको मन्थली विमानस्थलमा शुक्रबार बिहान तारा एयरका दुई पाइलटहरु वरिष्ठ क्याप्टेन सन्तोष शाह र क्याप्टेन सञ्जीव श्रेष्ठबीच विमानस्थल परिसरमै कुटाकुट भएपछि उनीहरुको लाइसेन्स निलम्बन गरिएको क्यानका प्रवक्ता तथा उपमहानिर्देशक जगन्नाथ निरौलाले जानकारी दिए ।

एउटै कम्पनीका दुई पाइलटबीच के कति कारणले कुटाकुट भयो त्यो भने खुल्न नसकेको क्यानले जनाएको छ । राष्ट्रिय सुरक्षा मापदण्डको उल्लङ्घनको कारण अर्को सूचना नभएसम्म दुई वरिष्ठ क्याप्टेनको लाइसेन्स निलम्बन गरिएको जनाउँदै प्रवक्ता निरौलाले विस्तृत अनुसन्धानपछि लाइसेन्स खारेज वा नियमबमोजिम अन्य दण्डात्मक कारबाही हुन सक्ने बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया