एमच्याम नेपाल यूएस चेम्बर अफ कमर्सको सदस्य
काठमाडौं । अमेरिकी लगानीमा नेपालमा सञ्चालित व्यवसायहरूको छाता संस्था अमेरिकन चेम्बर अफ कमर्स (एमच्याम) नेपालले अमेरिकास्थित यूएस चेम्बर अफ कमर्सको सदस्यता प्राप्त गरेको छ ।
अमेरिकामा आयोजित कार्यक्रममा यूएस चेम्बर अफ कमर्सका दक्षिण एसियातर्फका वरिस्ठ उपाध्यक्ष अतुल कश्यप र यूएस चेम्बर अफ कमर्सका अन्तर्राष्ट्रिय सम्बन्ध प्रमुख जोन मर्फीले एमच्याम नेपालका अध्यक्ष अजित शाहलाई सदस्यताको प्रमाणपत्र प्रदान गरेका हुन् । एमच्याम नेपालले आफ्नो स्थापनाको दुई वर्षमै यूएस चेम्बर अफ कमर्सको सदस्य बन्न सफल भएको हो । यो ऐतिहासिक उपलब्धि भएको एमच्याम नेपालका अध्यक्ष अजित शाहले बताए । एमच्याममार्फत अब संसारभरबाट नेपालमा लगानी गर्नका लागि अनुरोध गर्नसक्ने अवस्था बनेको शाहले बताए । नेपालमा वैदेशिक लगानी भित्र्याउनका लागि यो उपलब्धि कोसेढुङ्गा साबित हुने अध्यक्ष शाहको भनाइ छ ।
अध्यक्ष शाहले एमच्याम नेपालले सन् २०२४ मा नेपालमा यूएस–नेपाल इकोनोमिक समिट आयोजना गर्ने घोषणा समेत गरे । इकोनोमिक समिटमा अमेरिकाको निजी क्षेत्र र विभिन्न मुलुकका एमच्याम सदस्यहरूको सहभागिता हुनेछ । अमेरिकी लगानीमा अहिले नेपालमा ऊर्जा, सूचना प्रविधि तथा पर्यटनलगायतका क्षेत्रमा लगानी हुँदै आएको छ । परराष्ट्र मन्त्री एनपी साउदको नेतृत्वमा नेपालको टोली अमेरिकाको औपचारिक भ्रमणमा रहेकै समयमा एमच्याम नेपालले सदस्यता पाएको हो । सो कार्यक्रममा परराष्ट्र मन्त्री साउदले अमेरिका र निजी क्षेत्रले नेपालको ऊर्जा क्षेत्रमा लगानी बढाउनुपर्नेमा जोड दिए । यस्तै नेपालका लागि अमेरिकी राजदूत डिन थम्प्सनले अर्थतन्त्र सञ्चालनका लागि निजी क्षेत्रले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेका छन् ।
कार्यक्रममा यूएस चेम्बर अफ कमर्सका दक्षिण एसियातर्फका वरिस्ठ उपाध्यक्ष अतुल कश्यपले नेपाल हरित ऊर्जाका लागि प्रशस्त सम्भावना रहेको र यसमा लागानी केन्द्रित गर्नु उपलब्धिमूलक हुने बताए । यस्तै अमेरिकाका लागि नेपाली राजदूत डा. श्रीधर खत्रीले आईटीमा एक खर्ब लगानी गर्दा १० लाखभन्दा बढी रोजगारी सिर्जना गर्न सकिने बताए । कार्यक्रममा यूएस डिपार्टमेन्ट अफ स्टेटका नेपाल/भुटान डेस्क अफिसर सराह अल्ड्रिचलगायत नेपाल र अमेरिकाका व्यवसायी एवं व्यावसायिक संस्थाका प्रतिनिधिको समेत सहभागिता रहेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #page 3
ताजा अपडेट
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
- विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु
- सेयर बजार करेक्सन, सुचक तथा कारोबार रकम दुबै बढ्यो
- सरकारलाई राष्ट्रिय सूचना आयोगको प्रतिवेदन बुझाइयो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया