जाजरकोट,प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित जिल्ला जाजरकोटमा आइपुगेका छन्। भूकम्पबाट भएको क्षति र वस्तुस्थिति बुझ्न प्रधानमन्त्री दाहाल आज विहान साढे आठ बजे स्वास्थ्यकर्मी र अत्यावश्यक सामग्रीसहित यहाँ आउएका हुन ।
जाजरकोट पुग्नुभएका प्रधानमन्त्री दाहालले प्रमुख जिल्ला अधिकारी सुरेश सुनारसँग भूकम्पको क्षतिको जानकारी लिएका छन् । सुरुमा जाजरकोटको खलङ्गाको प्रभावित क्षेत्रको वस्तुस्थिति बुझिसकेपछि प्रधानमन्त्री दाहाल प्रजिअ सुनारसहित सबैभन्दा बढी क्षति भएको नलगाड नगरपालिकामा पुगेका जिल्ला प्रशासन कार्यालय जाजरकोटका सूचना अधिकारी हरिश्चन्द्र शर्माले जानकारी दिए ।
उनका अनुसार प्रधानमन्त्री प्रचण्डले भूकम्प प्रभावित क्षेत्रको राहत तथा उद्धारलाई तीव्र बनाउन तथा यसका लागि कुनै कसर बाँकी नराख्न निर्देशन दिएका छन्। क्षतिको पूर्ण विवरण नआइसकेकोले प्रारम्भिक क्षतिको विवरणबारे प्रजिअले प्रधानमन्त्री दाहाललाई जानकारी गराउनुभएको सूचना अधिकारी शर्माले जानकारी दिए ।
प्रधानमन्त्री दाहालले जाजरकोट अस्पतालमा रहेका घाइतेको अवस्था बुझ्नका साथै पीडितका आफन्तसँग कुराकानी गरेका छन् । उनका साथमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेत र पूर्वगृहमन्त्री जनार्दन शर्मासहित यहाँ आइपुगेका छन् । रासस
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रधानन्यायाधीशद्वारा नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई शपथ
- जिल्ला अदालत कास्कीद्वारा सहकारीका सञ्चालकसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी
- झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल-भारत सीमा स्तम्भको मर्मत सुरु
- रसुवागढी नाकाबाट चार महिनामा आठ जना पक्राउ
- हुम्ला र मुस्ताङमा बिहानैदेखि हिमपात सुरु
- सबै कम्युनिष्ट शक्ति एक हुन जरुरी : महासचिव गुरुङ
- सातदोबाटोमा नेपाली जुत्ताघर सञ्चालन
- प्रभु क्यापिटलका ग्राहकलाई मेरिना इम्पेक्समा छुट
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया