भूकम्प अपडेट:घाइतेहरुको नेपालगञ्जमा उपचार सुरु
नेपालगञ्ज, गए राति गएको भूकम्पका कारण घाइते भएकाहरुको बाँकेको नेपालगञ्जमा उपचार थालिएको छ । उपचारका लागि दुई घाइतेलाई भेरी अस्पताल, नेपालगञ्जमा भर्ना गरिएको छ ।
भेरी अस्पतालमा फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भूकम्पमा परी घाइते भएका जाजरकोटको भेरी नगरपालिका–३ का ४८ वर्षीय विमलबहादुर कार्की र भेरी–३ की २२ वर्षीया इसा शाहीको उपचार भइरहेको छ । कार्कीको दाहिने खुट्टा भाँचिएको छ भने शाहीको टाउकोमा चोट लागेको छ । दुवैको अवस्था सामान्य भएको उनले बताए।
बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार भेरी अस्पताल, सैनिक अस्पताल र प्रहरी अस्पतालको एक सय पाँच श्यया घाइतेको उपचारका लागि तयारी अवस्थामा राखिएको छ । हेलिकप्टरमा उद्धार गरिने घाइतेका लागि राझा विमानस्थल र नेपाली सेनाको हेलिप्याडमा दुईवटा एम्बुलेन्स तयारी अवस्थामा राखिएका छन् । भूकम्पबाट घाइते भएका अन्यलाई उपचारका लागि यहाँ ल्याउने क्रम जारी छ ।
गए राति ११ः४७ बजे जाजरकोटको बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्र विन्दु भइ ६ दशमलव ४ रेक्टरस्केलको भुकम्प गएको थियो । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा अत्यधिक धनजनको क्षति भएको छ । रासस
क्याटेगोरी : समाचार
ताजा अपडेट
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया