अर्थतन्त्र सकारात्मक बन्दै गएकोे अर्थमन्त्रीको दाबी
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको अर्थतन्त्र सकारात्मक बन्दै गएको दाबी गरेका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १५औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री महतले पर्यटक आगमन र रेमिट्यान्स आप्रवाह वृद्धि भएको तथा घरजग्गा कारोबार पनि लयमा फर्कँदै गरेको बताएका हुन् ।
अर्थमन्त्री महतका अनुसार प्राकृतिक प्रकोप, महामारीलगायतका समस्या बेला–बेलामा आए पनि तिनलाई सम्बोधन गर्दै आर्थिक वृद्धिदर बढाउनुपर्ने बताए । उनले नेपालको अर्थतन्त्रमा समस्या एकाएक आएको नभएर वर्षौँदेखि समस्या थपिँदै जाँदा थप समस्या भएको दाबी गरे । ‘पर्यटक आगमन र रेमिट्यान्स बढेको छ । घरजग्गामा एकै पटक धेरै लगानी हुँदा अर्थतन्त्रमा समस्या आएको थियो’, उनले भने, ‘त्यसपछि लगातार घरजग्गाको मूल्य बढ्ने नहुँदा समस्या भयो, अहिले समाधान भइसकेको छ ।’
महतले बैंकहरुको ब्याजदर घट्दै गएको पनि बताए । ‘बैंकहरुको ब्याजदर क्रमशः घट्दै गएको छ,’ उनले भने । अर्थतन्त्रका परिसूचक राम्रो हुँदै गएकाले नेपालको अर्थतन्त्रमा आत्मविश्वास आवश्यक भएकाले यसको वातावरण बनाउनुपर्ने महतको भनाइ छ । अर्थमन्त्री महतले विश्व बैंक र एसियाली विकास बैंकको आर्थिक प्रक्षेपणले पनि नेपालले चार प्रतिशत बढी आर्थिक वृद्धि हासिल हुने देखाएको बताए ।
‘अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालको विषयमा चासो बढ्दो छ’, अर्थमन्त्री महतले भने, ‘विश्व बैंक, एडीबीसहित बेलायतलगायत देशका निजी क्षेत्र नेपालप्रति सकारात्मक छन् ।’ उनले आगामी फागुन–चैतमा वैदेशिक लगानी ल्याउन लगानी सम्मेलन गर्ने बताए । निजी क्षेत्र, गैरआवासीय नेपाली संघसँग समन्वय गरी विदेशी लगानी ल्याउने गरी सम्मेलन गर्ने उनको दाबी छ ।
महतका अनुसार नेपालका मुख्य चारवटा क्षेत्रले अर्थतन्त्रलाई चलायमान बनाउन सक्छन् । ‘२–३ मेगावाटबाट सुरु भएको जलविद्युत् क्षेत्रमा अहिले निजी क्षेत्र एक्लै दुई–तीन सय मेगावाटसम्म बनाउन सक्ने बनिसकेको छ’, उनले भने । अर्थमन्त्री महतका अनुसार जलविद्युत्मा एकप्रकारको इकोसिस्टम बनिसकेको छ र एक अर्ब ७० करोड रुपैयाँ लागत भएको अपर अरुण जविद्युत् आयोजना अघि बनाउन विश्व बैंकले तत्परता देखाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर
- सङ्घीयतामार्फत नै देश समृद्ध हुन्छ: सभापति देउवा
- भूकम्पपीडित नागरिकको पीडालाई अनुभूति गर्न आए: अध्यक्ष ओली
- पोखरामा दुई दिन ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
- केन्द्रीय कारागार सुन्धारामा दुई सय ६१ विदेशी कैदीबन्दी
- भ्रष्टाचार मुद्दाका पाँच जना फरार व्यक्ति पक्राउ
- आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ
- रमेश कर्प र बोनजोय ट्राभलबीच सम्झौता
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया