Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचाररक्षामन्त्री खड्काद्वारा भूकम्प पिडितलाई राहत सामग्री पुर्‍याउन निर्देशन

रक्षामन्त्री खड्काद्वारा भूकम्प पिडितलाई राहत सामग्री पुर्‍याउन निर्देशन


जाजरकोट । भूकम्प प्रभावित परिवारलाई दुई दिनभित्र आवश्यक राहत सामग्रीहरू पुर्‍याउन उपप्रधान एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले रूकुम पश्चिमका प्रमुख जिल्ला अधिकारीसहित सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् । शुक्रबार राति जाजरकोटमा जिल्लाको रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ रेक्टर स्केलको भूकम्प गएको थियो ।

उपप्रधानमन्त्री खड्काले खोज तथा उद्धारको काम सम्पन्न भइसकेकाले सङ्घ, प्रदेश सरकार राहत र पुनर्स्थापनामा लागेको बताए । नेपाली सेनाका पाँच हेलिकोप्टरसहित स्काईट्रकले शनिबार दिनभर बिरामीहरूको उद्धार गरेको थियो भने आइतबारदेखि सेनाका हेलिकोप्टरले राहत सामग्रीहरू ढुवानी गरिररहेको छ । उपप्रधानमन्त्री खड्का भूकम्प प्रभावित जिल्लामै रहेका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया