निगममा भारतीलाई महाप्रबन्धक नियुक्त गर्ने तयारी
काठमाडौं । नेपाल वायुसेसा निगमको महाप्रबन्धक पदमा नयाँ नियुक्तिको लागि चलखेल सुरु भएको छ । डिमप्रकाश पौडेललाई हटाएपछि उक्त पद खाली थियो ।
तत्कालीन पर्यटन मन्त्री प्रेमबहादुर आलेले बतास ग्रुपसँग सम्बद्ध पौडेललाई निकै ठूलो कसरतपछि हटाएका थिए र युवराज अधिकारीलाई कार्यकारी अध्यक्ष पदमा नियुक्त गरेका थिए । तर, आफैँले नियुक्त गरेका अधिकारीसँग लामो समयसम्म उनको सौहार्दता रहन सकेन र अधिकारीसँगको दुश्मनीपछि उनी आफैँ मन्त्री पदबाट बाहिरिनुपरेको थियो ।
छाडा र अश्लिल अभिव्यक्तिका कारण बदनाम बनेका पूर्वमन्त्री आले अहिले निगममा महाप्रबन्धक नियुक्ति गर्ने प्रस्ताव लिएर शक्तिकेन्द्रहरूमा धाइरहेका छन् ।
उनको प्रस्ताव पर्यटन तथा नागरिक उड्डययन मन्त्री सुदन किराँतीले स्वीकारेका छैनन् र मन्त्री किराँतीलाई आफ्नै पार्टीका अर्का मन्त्री प्रकाश ज्वालालाई समेत उपयोग गरिसकेका छन् । तर, त्यो प्रयास पनि कामयावी हुन सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल अमेरिका जानुअघि नै निगमको महाप्रबन्धक पदमा सुर्खेतका मनोज भारतीलाई नियुक्ति गर्ने तारतम्य मिलाइएको थियो । महाप्रबन्धक बनाउन खोजिएका भारतीले प्रधानधन्त्रीको स्वकीय सचिव समेत रहेकी गंगा दाहालदेखि उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का समेतलाई रिझाइसकेको बुझिएको छ । तर, उनको नियुक्तिचाहिँ भोलि–भोलि भन्दै पर सर्दै गएको छ । डोटीका सांसद आलेको राज्यका सबै अंगमा उत्तिकै पहुँच रहेको छ र थला पर्न लागेको निगमलाई आर्थिक बोझ थप्ने गरी दोहोरो कार्यकारी पाल्ने निर्णय गराउन उनले आफ्नो भएभरको शक्ति लगाएको पाइएको छ ।
पौडेललाई हटाउनुअघि निगमलाई दोहोरो कार्यकारी आवश्यक नरहेको निष्कर्ष निकालिएको थियो तर पौडेललाई हटाएको केही वर्षपछि फेरि दुई कार्यकारी सिर्जना हुनेगरी उनै आले सिफारिस गर्न शक्तिकेन्द्रहरू धाइरहेका छन् ।
नियुक्ति हुने भनेर एड्भान्स बधाई थाप्दै हिँडेका भारतीलाई निगममा तपाईँ महाप्रबन्धक नियुक्त हुने पक्कापक्की भएको सूचना साउनमै मिलिएको थियो तर अहिलेसम्म पनि नियुक्ति नभएर भाका सर्दै गएको छ नि के भएको हो भनी प्रश्न गर्दा आफू केही समयअघिसम्म महाप्रबन्धक बन्ने रेसमा भएको भए पनि अहिले सो रेसबाट आउट भएको बताए ।
आफ्नो ठाउँमा आरएनएसीको छोरा भनेर आफूलाई चिन्ने गरेको बताउने भारतीले आफ्नो बाबु लक्ष्मी नारायण भारतीले ३५ वर्षभन्दा बढी समय निगममा काम गरेको र सोही निगम अहिले दूरावस्था रहेकै कारणले केही गरौँ भनेर जान खोजेको भए पनि नमिलेपछि आफ्नो बाटो लागेको बताए ।
भारतीले पश्चिम नेपालमा कर्णालीमा माउन्टेन हेलिकोप्टर र सिता एयर भाडामा लिएर चलाउने गरेको र अब समिट एयरमा आफ्नो काम हुने बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया