अन्तर्राष्ट्रिय उद्योगीलाई नेपालमा लगानी गर्न राष्ट्रपतिको आग्रह
काठमाडौँ । नेपालमा कृषि, पर्यटन र ऊर्जा क्षेत्रमा लगानी गर्नका लागि राष्ट्रपति रामचन्द्र पौडेलले अन्तर्राष्ट्रिय उद्योगी–व्यापारीलाई आग्रह गरेका छन् ।
काठमाडौँमा दुई दिनसम्म चल्ने एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसङ्घ र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा ३७ औँ सम्मेलनको सोमबार उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सो आह्वान गरेका हुन् । उनले हाम्रो देशमा रहेको कृषि, जलस्रोत, पर्यटनजस्ता प्रचुर प्राकृतिक स्रोत र साधनलाई अन्तर्राष्ट्रिय जगतसँग जोड्ने लगानी र व्यापार सम्बन्धका धेरै अवसर रहेको धारणा व्यक्त गरे ।
पौडेलले शुक्रबार राति गएको भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको घटनाप्रति मानवीय भावसहित पीडितहरुलाई सहयोग गर्न सबै उद्यमी, व्यवसायीलाई अपिल पनि गरे ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया