जनताको आधारभूत स्वास्थ्य सुविधालाई विशिष्ट ढङ्गले अघि बढाउने : मन्त्री बस्नेत
काठमाडौं । मंगलबार बागमती प्रदेशमा आर्थिक वर्ष २०७९र८० मा भएका स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा गोष्ठीको उद्घाटन गर्दै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले जनताको आधारभूत स्वास्थ्य सुविधालाई विशिष्ट ढङ्गले अघि बढाउने गरी काम भइरहेको बताएका छन् ।
उनले जनताको आधारभूत स्वास्थ्यलाई ध्यानमा राखेर सरकारले काम गरेको बताए । आफू स्वास्थ्य मन्त्रालयमा आएपछि सुशासन र पारदर्शी तरिकाले काम गर्नका लागि प्रत्यन्त गरेको भन्दै उनले सुविधासम्पन्न ठाउँ दरबन्दी थुपारेर बस्ने परिपाटीको अन्त्य गरेको बताए ।
पहुँचका आधारमा दरबन्दी सुगममा मात्र थुपारेर बस्ने परिपाटीको अन्त्य भएको मन्त्री बस्नेतले बताए । उनले भने, “म राज्यमन्त्री भएर २२ वर्षसम्म अघि आउँदा देखेको व्यवस्था अहिले अन्त्य भयो, त्यसमा सबैले सहयोग गर्नुभयो ।”
मन्त्री बस्नेतले दरबन्दी थप्ने विषयमा अर्थमन्त्रालय र प्रधानमन्त्रीसँग सहमति भइसकेको जानकारी दिए । उनले स्वास्थ्य क्षेत्रको सुधारका लागि चिकित्सा ऐन संशोधन हुने क्रममा रहेको जानकारी गराए ।
क्याटेगोरी : समाचार, स्वास्थ्य / जिवनशैली
ताजा अपडेट
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया