साल्ट ट्रेडिङले खुद्रा व्यापारीलाई १० बोरा चिनी दिने
काठमाडौं । चाडपर्वको समयमा बजारमा चिनीको अभाव भएसँगै सरकारले त्यसको परिपूर्ति गर्नका लागि प्रतिखुद्रा व्यापारी १० बोरा चिनी उपलब्ध गराउने भएको छ । तिहार तथा छठ पर्वका लागि सरकारले चिनीको बिक्रीवितरणलाई सहज बनाउन खोजेसँगै खुद्रा व्यापारीलाई चिनी उपलब्ध गराएको साल्ट ट्रेडिङका सूचना अधिकारी कुमार राजभण्डारीले बताए ।
बजारमा चिनीको हाहाकार भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले चिनी उत्पादक उद्योगसँग समन्वय गर्दै तीन हजार मेट्रिक टन चिनी साल्ट ट्रेडिङमार्फत किन्ने प्रबन्ध गरेको थियो । उद्योगीबाट किनिएको चिनी साल्ट ट्रेडिङले आफ्ना ‘आउटलेट’, खुद्रा बिक्रेता संघअन्तर्गतका केही पसल तथा खाद्य संस्थानबाट मात्रै बिक्रीवितरण गर्दै आएको थियो ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको समन्वयमा साल्ट ट्रेडिङबाट सबै खुद्रा व्यापारीले समेत १० बोरा चिनी बिक्रीवितरणका लागि किन्न पाउने भएका छन् । यो चिनी प्रतिकिलो एक सय १५ रुपैयाँमा उपभोक्ताले किन्न पाउनेछन् । व्यापारीले तोकिएका निर्धारित मूल्यभन्दा बढीमा बेचेको खण्डमा भने कारबाही हुनेछ । खुद्रा व्यापारी तथा व्यवसायीले साल्ट ट्रेडिङको कालीमाटी शाखा र कोटेश्वर शाखाबाट चिनी किन्न पाउनेछन् ।
विशेषगरी तिहार र छठ पर्वमा चिनीको माग काठमाडौं उपत्यकमा धेरै हुने हुँदा त्यसको परिपूर्ति गर्नका लागि सरकार लागेको हो । तिहार र छठ पर्वमा चिनीयुक्त मिठाईलगायतका परिकारहरूको प्रयोग उपभोग बढ्ने हुँदा यो समयमा चिनीको माग बढी हुने व्यापारीहरू बताउँछन् ।
यसअघि कार्यालयले अवैधरूपमा भित्रिएको चिनीको खोजतलास गर्न उपत्यकाका तीनवटै जिल्लामा सुरक्षा निकायसँग समन्वय गरी विशेष अनुगमन टोली परिचालन गरेको थियो । उक्त कार्यालयको समन्वयमा सबै निकायका प्रतिनिधि सम्मिलित उच्चस्तरीय अनुगमन टोलीले राजधानी काठमाडौंका विभिन्न स्थानमा अवैधरूपमा पठाइएका सयौँ बोरा चिनी बरामद गरेको थियो । चिनीको संकट अन्त्य गर्दै सहजरूपमा चिनी उपलब्ध गराउन दशैंलगत्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, वाणिज्य विभाग, खाद्य तथा गुणस्तर विभाग, आन्तरिक राजस्व विभाग, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका उच्च पदाधिकारीको बैठकले विभिन्न उपायमाथि छलफल गरेको थियो ।
यसअन्तर्गत हरेक दिन अनुगमनलाई प्रभावकारी बनाउने, अवैधरूपमा ल्याइएको चिनी बरामद गर्न विशेष अप्रेसन सञ्चालन गर्ने, नेपाली चिनी उद्योगमा मौज्दात रहेको चिनी उपभोक्ताका लागि बजारमा ल्याउन समन्वय गर्ने र भारतबाट चिनी आयातका लागि समेत पहल गर्ने निर्णय भएको थियो । नेपाली चिनी उद्योगको संरक्षणका लागि सरकारले भन्सारमा ३० प्रतिशत महसुल निर्धारण गरे पनि चिनी उद्योगले भने उपभोक्ताका लागिभन्दा चिनी खपत हुने अन्य उद्योगका लागि चिनी बिक्री गर्ने गरेपछि संकट उत्पन्न भएको थियो । सरकारको पहलपछि अहिले बजारमा चिनीको अभाव नहुने बताइएको छ । नेपालमा उत्पादित चिनीले अपुग हुने हुँदा भारतबाट ठूलो परिमाणमा चिनी आयात गर्ने गरिन्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- ‘सर्वोच्चको फैसलाविरुद्ध तत्काल पुनरावलोकनमा जानुपर्छ’
- लेदो माटोले नौबिसे नागढुङ्गा सडक दुईतर्फि अवरुद्ध
- ‘हेलो सरकार, खाजा खाएर कर्मचारी फर्किएनन्’
- सिरियामा विभिन्न ठाउँमा इजरेली हवाई आक्रमण, कम्तीमा १६ जनाको मृत्यु
- सौर्य एअरलाइन्सको विमान दुर्घटना जाँच आयोगको प्रारम्भिक प्रतिवेदनले उठाएका प्रश्न र गरेका सिफारिस
- आगामी १५ दिन सम्मका लागि बन्दीपुर केबलकार बन्द
- ‘तटीय क्षेत्रसम्बन्धी फैसालाको पुनरावलोकनमा जान विलम्ब नगरौँ’
- ‘मुलुकलाई अस्थिरताबाट जोगाउन कांग्रेस–एमाले गठबन्धन भएको हो’
धेरैले पढेको
- भौतिक मन्त्रालयकै पूर्वसहसचिव घुस दिएर ‘लाइसेन्स’ लिन बाध्य
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- चिया पसल पनि कम्पनी ?
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया