जनताप्रति निर्वाचित संस्था उत्तरदायी हुनुपर्छ : अध्यक्ष साह
काठमाडौँ । सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा पत्रकारसँग कुरा गर्दै आम जनता पार्टीका अध्यक्ष प्रभु साहले मुलुकमा अहिले लोकतन्त्रका नाममा पार्टी तन्त्रको विचित्र अभ्यास भइरहेको आरोप लगाएका छन् ।
उनले निर्वाचित संस्था जनताप्रति नभई पार्टीतर्फ उत्तरदायी हुने घटनाले यसलाई पुष्टि गरेको बताए । देशलाई विकास र समृद्धितर्फ लैजान नेताहरुको सोच र व्यवहारमा ठूलो परिवर्तनको खाँचो औँल्याउँदै उनले भ्रष्टाचार र कालोबजारीले मुलुकलाई थिलथिलो बनाएकाले त्यसका विरुद्ध सबै राजनीतिक शक्तिको एकीकृत प्रतिबद्धता चाहिने बताए ।
जनउत्तरदायी, पारदर्शी र कर्तव्य पूरा गर्ने कार्यलाई उच्च महत्व दिने हो भने मधेसभित्रको दुर्गम भनेर चिनिएको आफ्नो निर्वाचन क्षेत्रमा भएको विकास अरूका लागि उदाहरण बन्न सक्ने उनले बताए । साहले जनताकै सहयोगमा निर्वाचन क्षेत्रमा तीन सय किमी सडक बनाउन र २७ हजार घरपरिवारलाई ग्याससहितको चुलो वितरण गर्न सफल भएको घटना सुनाए ।
अध्यक्ष साहले राजनीतिक स्थिरता, सदाचार र नेताप्रतिको विश्वास बढाउन सकिएन भने मुलुक निर्माणको अभियानमा चुनौती खडा हुने तर्क राखे । उनले देशको पूँजी पलायन रोक्ने र आउनेलाई सहजता प्रदान गर्ने स्पष्ट नीति नहुँदा अर्थतन्त्र प्रभावित भएको बताए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया