Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसहकारीले आर्थिक उन्नतिकालागि श्रम र रोजगार क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने : श्रम रोजगार मन्त्री लम्साल

सहकारीले आर्थिक उन्नतिकालागि श्रम र रोजगार क्षेत्रमा लगानी वृद्धि गर्नुपर्ने : श्रम रोजगार मन्त्री लम्साल


दोलखा,बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री लक्ष्मण लम्सालले अब नेपालमा संचालित सहकारी संस्थाहरुले पुरानो ऋण लगानीलाई परिवर्तन गर्दै लैजानुपर्ने बताएका छन् । बुधबार बागमती प्रदेशलाई मुख्य कार्यक्षेत्र बनाएर बचत तथा ऋणको कारोबार गर्दै आएको आर्थिक रूपमा जिल्लाकै उत्कृष्ट जनसचेतन बचत तथा ऋण सहकारी संस्थाको ३०औं साधारणसभाको उद्घाटन गर्दै मन्त्री लम्सालले सहकारी संस्थाले ऋण लगानी गर्दा उत्पादनमा जोड दिनुपर्ने बताए।

उनले सहकारीको माध्यम बाट जनताको जिविकोपार्जनमा टेवा पुर्याउनु पर्ने बताए ।उनले सहकारीले सिमित कर्मचारीलाई रोजगार दिनुभन्दा पनि अब शेयर सदस्यलाई पनि आत्मनिर्भर बनाउन तर्फ लगानी वृद्धि गर्दै श्रमिक उत्पादन गरेर रोजगार सिर्जना गर्नु धारणा राखेका थिए। दोलखा सहकारी क्षेत्रको रूपमा देशकै नमुना जिल्ला भएकाले यहाँका सहकारी संघ संस्थाले एकीकृत पुँजी निर्माण गरेर निजि क्षेत्र लगानी वृद्धि गर्दै रोजगार वृद्धि गर्नु बताए । साधारणसभालाई सम्बोधन गर्दै उनले दोलखालाई धार्मिक तथा पर्यटकीय जिल्लाको रूपमा बिकास गर्न बागमती प्रदेश योजना बनाएर काम गरिरहेको बताए।

मन्त्री लम्सालले प्रदेश राजधानीबाट दोलखा टाढाको जिल्ला भएकाले प्रदेशले गर्ने कामकाज र सेवा जिल्लाबाटै उपलब्ध गराउनको लागि जिल्ला एकीकृत सेवा कार्यालय स्थापना गर्न आफ्नो तर्फबाट पहल भैरहेको बताए । संस्थाका अध्यक्ष हेमन्त चौलागाईंको अध्यक्षयता सम्पन्न साधारणसभामा संस्थाको हालसम्मको प्रगति विवरण आयव्यय अध्यक्ष चौलागाईंले साधारणसभामा सार्वजनिक गरेका थिए।

संस्थाको गत आर्थिक वर्ष २०७९र८० को असार मसान्तसम्म कुल सम्पत्ति तथा दायित्व २ अर्ब २५ करोड ६० लाख ८७ हजार ३ सय ९३ रुपैँया पुगेको छ् । यस अवधिमा संस्थाको शेयर पुँजी १६ करोड ६७ लाख २४ हजार ९ सय रुपैयाँ छ भने कुल बचत निक्षेप १ अर्ब ६३ करोड ९ लाख ५३ हजार ५ सय ४१ रुपैयाँ रहेको छ । संस्थाको जगेडा तथा अन्य कोषमा २१ करोड ९३ लाख ८५ हजार ९ सय १४ रुपैयाँ रहेको छ ।

कुल १ अर्ब ८२ करोड २७ लाख ९८ हजार ७ सय ९३ रुपैँया ऋण लगानी गरेको सहकारी संस्थामा २७ हजार ६ सय ८ जना शेयर सदस्य र १० हजार ३ सय ३५ जना बाल सदस्य रहेका छन् । जनसचेतन साकोसको गत आर्थिक वर्षको तुलनामा ६ दशलमव २० प्रतिशतले आम्दानी बृद्धि गरेको अध्यक्ष चौलागाईंले बताए ।

त्यस्तै संस्थाको कुल आम्दानी २६ करोड ७१ लाख ६१ हजार ८ सय १० रुपैँया पुगेको छ । आम्दानीसँगै खर्च पनि गत आर्थिक वर्षको तुलनामा १२ दशमलव ७ प्रतिशतले बृद्धि भएको जनसचेतन साकोसले सार्वजनिक गरेको वार्षिक प्रतिवेदन उल्लेख गरिएको छ । सहकारीको विभिन्न शिर्षकमा २४ करोड ८५ लाख ५३ हजार ५ सय ७६ रुपैँया खर्च भएको पाइएको छ । साधारणसभाको अवसरमा संस्थाले विभिन्न विधान शेयर सदस्यलाई सम्मान गर्नुको साथै जेष्ठसदस्यलाई स्टिलको लौरो वितरण गरेको थियो ।

साथै सस्थाले सदस्य सुरक्षा कोष कार्यक्रम मार्फत सदस्य को मृत्यु पश्चात् परिवारको आर्थिक सुरक्षा गर्ने अभिप्रायले मृत्यु हुँदा आश्रित परिवारलाई ५ हजारदेखि ४० हजारसम्म प्रदान गर्दै आइरहेको छ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया