जीपी कोइराला फाउन्डेसन अमेरिकाका अध्यक्ष घिमिरे सम्मानित
काठमाडौं । गिरिजाप्रसाद कोइराला फाउन्डेसन अमेरिकाका अध्यक्ष सोमनाथ घिमिरे मानवीय पुरस्कार ग्लोबलबाट सम्मानित भएका छन् । मानवीय पुरस्कार ग्लोबल–घानाले घिमिरेलाई सो पुरस्कार प्रदान गरेको हो ।
मानवीय पुरस्कार ग्लोबलका प्रबन्ध निर्देशक रेन्डी डन्क्वाहले घिमिरेको नेतृत्वमा संस्थाले विशेषगरी कोरोना कहरका बेला निःस्वार्थ धेरै क्षेत्रमा सहयोग गरेकाले ‘मानवीय पुरस्कार ग्लोबल’बाट सम्मानित गरिएको बताए । मानवीय पुरस्कार ग्लोबल–घानाले प्रत्येक वर्ष विश्वभरबाट समाजमा सकारात्मक प्रभाव पारेका मानिसहरूलाई छनौट गरेर यो पुरस्कार दिने गरेको छ । यस वर्ष २०२३ मा विश्वभरिबाट ४८ जनाले मानवीय पुरस्कार ग्लोबलले सम्मान गरेको आयोजकले जनाएको छ । यस्तै, फाउन्डेसन अमेरिकाका अध्यक्ष घिमिरेलाई घानाका लागि लेबनानका राजदूत महेर खीरले ‘रूपान्तरण नेतृत्व पुरस्कार’ले सम्मान गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 12
ताजा अपडेट
- कुटपिटबाट २६ वर्षीय युवाको मृत्यु, घटनामा संलग्न सात जना पक्राउ
- राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट
- इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट
- हजार र पाँच सयका नक्कली नोटसहित एक युवा पक्राउ
- तीन महिने अभियानलाई जसपाले निरन्तरता दिने
- मङ्सिर २३ गते परराष्ट्रमन्त्री साउद कतार जाँदै
- ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
- नेप्सेमा सर्भरको समस्या
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
तपाईको प्रतिक्रिया