Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनिदान अस्पतालमा सिलबन्दी

निदान अस्पतालमा सिलबन्दी


काठमाडौं, जेठ १
आरोग्य फाउण्डेशनमा कार्यरत एक महिलामा कोभिड–१९ को सङ्क्रमण देखिएसँगै निदान अस्पतालको मुख्य गेटमा सिल गरिएको छ । सङ्क्रमित युवती अस्पतालमा गएर विभिन्न व्यक्तिसँग भेटेको हुनसक्ने आशङ्कामा अस्पतालमा सिल गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ । भक्तपुर बस्ने ती युवतीमा मङ्गलबार सङ्क्रमण पुष्टि भएको थियो ।

आरोग्य फाउण्डेशन र निदान अस्पताल एउटै गेटभित्र रहेकाले मुख्य गेटमा नै सिलबन्दी गरिएको हो । दुवै संस्थाको पार्किङ र चमेनागृह एउटै पाइएको प्रहरीले जनाएको छ । बिहान झण्डै ११ बजेदेखि प्रहरीले अस्पतालमा रहेका स्वास्थ्यकर्मी, कर्मचारी, बिरामी, कुरुवालगायत कसैलाई पनि भित्रबाट बाहिर निस्किन दिएको छैन । स्वास्थ्य सेवा विभागको टोलीले ‘कन्ट्र्याक ट्रेसिङ’ गरेको छ । दुवै संस्थामा गरी झण्डै तीन सय व्यक्ति रहेको बताइएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया