समयमै उद्धार तथा राहत पुर्याउन नसके स्वास्थ्यमा सङ्कट : एनआरएनए
काठमाडौं । जाजरकोट र रुकुम पश्चिम लगायतका स्थानमा गएको भूकम्पपछि स्वास्थ्य सङ्कट निम्तन सक्ने अवस्थातर्फ तत्काल ध्यानदिनुपर्ने देखिएको छ ।
गैरआवासीय नेपाली संघको तर्फबाट भूकम्प प्रभावित जिल्ला जाजरकोट र रुकुम पश्चिमको स्थलगत भ्रमण तथा राहत वितरण गरेर फर्किएको संघको चिकित्सकसहितको टोलीले सो क्षेत्रमा समयमै उद्धार तथा राहत पुर्याउन नसके स्वास्थ्य सङ्कट चुलिनसक्नेतर्फ ध्यानाकर्षण गराएको हो ।
भूकम्प प्रभावित क्षेत्रमा खटिएका संघका अभियन्ताहरुले संघअन्तर्गतको स्वास्थ्य समितिले बुधबार आयोजना गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्दै करिब १८ हजार घर बस्नै नहुने गरी भत्किएको र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकहरुको स्वास्थ्य अवस्था गम्भीर रहेको जानकारी गराएका थिए ।
कार्यक्रममा बोल्दै एनआरएनएका अध्यक्ष डा. बद्री केसीले राहत विस्तारै पुगे पनि चिसोको समयमा खुल्ला आकाशमा रात बिताउन पर्दा वृद्धवृद्धा, बालबालिका र महिलाहरुको स्वास्थ्य जोखिम बढ्ने देखिएको बताए । उनले भने, “पिउने पानीको समस्या छ ।
भूकम्पको कारणले मानसिक त्रास छ । गाउँमा सामूहिक दाहसंस्कार गरिएको छ । घर–घरमा क्रियापुत्री छन् । एउटै घरमा विरामी छन् त्यही घरमा मान्छेहरु दुःखमा छन् । त्यहाँको अवस्था शब्दमा व्यक्त गर्न सकिन्न ।”
क्याटेगोरी : समाचार
ताजा अपडेट
- प्रधानन्यायाधीशद्वारा नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई शपथ
- जिल्ला अदालत कास्कीद्वारा सहकारीका सञ्चालकसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी
- झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल-भारत सीमा स्तम्भको मर्मत सुरु
- रसुवागढी नाकाबाट चार महिनामा आठ जना पक्राउ
- हुम्ला र मुस्ताङमा बिहानैदेखि हिमपात सुरु
- सबै कम्युनिष्ट शक्ति एक हुन जरुरी : महासचिव गुरुङ
- सातदोबाटोमा नेपाली जुत्ताघर सञ्चालन
- प्रभु क्यापिटलका ग्राहकलाई मेरिना इम्पेक्समा छुट
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया