यातायात व्यवसायी सहकारीको दशौ साधारण सभा सम्पन्न
काठमाडौं,यातायात व्यवसायीहरुद्वारा संचालित यातायात व्यवसायी बचत तथा ऋण सहकारी संस्थाको दशौ साधारण सभा सम्पन्न भएको छ। नारायणी यातायात व्यवसायी संघका सचिब तथा सहकारीका अध्यक्ष गुणराज घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल ट्रक ट्यांकर व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष हिरालाल श्रेष्ठको प्रमुख आथित्यता रहेको थियो। सहकारीको शेयर पुजी गत बर्ष ४८ लाख ४३ हजार भएकोमा यस बर्ष ४८ लाख ८२ हजार पुगेको छ ।
गत आ.ब २०७९र२०८० मा बचत तथा निक्षेप दायित्व ५ करोड ३५ लाख ३ हजार बाट घटी यस बर्ष ४ करोड २० लाख ४ हजार रहेको छ। अध्यक्ष घिमिरेले यातायात क्षेत्रमा छरिएर रहेका व्यवसायीहरुलाई आबद्द गराउने उदेश्यले व्यवसायीहरुबाट दशबर्ष अगाडि स्थापना भएको यो संस्था अहिलेको अवस्थामा आइपुगेकोमा खुशी ब्यक्त गर्दै शेयर धनीहरुलाई सरल कर्जा उपलब्ध गराउदै व्यवसायीको आर्थिक पक्ष सबल बनाउने लक्ष लिएको बताए। संस्थाले यस बर्ष प्रभावकारी रुपमा उल्लेख्य शेयर सदस्य थपिने निर्णय भएको बताईएको छ ।
प्रमुख अतिथि हिरालाल श्रेष्ठले व्यवसायीहरुबाट व्यवसायी कै हितका लागि स्थापना गरिएको यस्ता सहकारीले गर्दा यो क्षेत्रमा लागेका व्यवसायीलाइ राहत मिलेको बताए। बैंकिंग क्षेत्रमा कारोबार गर्दा पछि ब्याज बढ्ने गरेकोले व्यवसायी मर्कामा परेको बताउदै यस्ता सहकारीले गर्दा धेरै नै सहजिकरण अनुभब भएको बताए।संस्थाका सचिव बिश्वराज राइले संचालन गरेको कार्यक्रममा नारायणी यातायात व्यवसायी संघका पुर्ब अध्यक्ष बद्रि चौलागाई लगायत बिभिन्न यातायात क्षेत्रका व्यक्तित्वहरु र संचारकर्मीको उपस्थिति रहेको थियो।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पत्रकार महिला क्षमता अभिवृद्धि तालिमको उद्घाटन
- सामान्य अंकले आर्लियो सेयर बजार
- इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टि आर एस लोजिपार्कबीच सम्झौता
- ११ कार्टुन सुकमेल सुख्खा बन्दरगाह भन्सारबाट चोरी
- प्रधानन्यायाधीशद्वारा नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई शपथ
- जिल्ला अदालत कास्कीद्वारा सहकारीका सञ्चालकसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी
- झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल-भारत सीमा स्तम्भको मर्मत सुरु
- रसुवागढी नाकाबाट चार महिनामा आठ जना पक्राउ
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया