फ्लोर मिल सञ्चालकको कार्टेलिङले मैदा र चोकरको मूल्यवृद्धि
विराटनगर । सुुनसरी मोरङ औद्योगिक कोरिडोरमा सञ्चालित फ्लोर मिल सञ्चालकको कार्टेलिङले मैदा, पिठो र चोकरको मूल्यमा वृद्धि भएको छ ।
गत वर्ष भारत सरकारले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको भन्दै यहाँका खाद्य उद्योगहरूले उत्पादनमा कार्टेलिङ गरेको घटना सेलाउन नपाउँदै अहिले फेरि भारतमा गहुुँको मूल्यवृद्धि भएको भन्दै कार्टेलिङ सुुरु गरेका छन् । कोरिडोरमा फ्लोर मिल सञ्चालन गर्दै आएका उद्योगीहरूले किलोको ४४ रुपैयाँमा खरिद गरेको गहुँलाई ४९ रुपैयाँ पुगेको बहाना बनाएर गहुुँ, पिठो र चोकरको मूल्य बढाउन कार्टेलिङ सुुरु गरेका हुन् । फ्लोर मिलका सञ्चालकहरू भने भारतबाट आउने गहुँको टुङ्गो नलागेको र नेपालमा मौज्दात रहेको गहुँको भाउ बढ्दा आँटा, मैदा, सुजी र चोकरको भाउ बढाउन आफूहरू बाध्य भएको बताउँछन् । तर बिष्कुुट तथा चाउचाउ उत्पादन गर्दै आएका करिडोरका उद्योगीहरू भने यो कुरा स्वीकार गर्ने पक्षमा छैनन् । यो सबै फ्लोर मिल सञ्चालन गर्दै आएका केही सीमित उद्योगीहरूले कार्टेलिङ गरी मूल्यवृद्धि गर्ने बहाना मात्र बनाएको उनीहरूको आरोप छ ।
फ्लोर मिल सञ्चालकहरू भने भारत सरकारले नेपालमा ३ लाख मेट्रिक टन गहुँ निकासी गर्ने कोटा स्वीकृत गरे पनि अहिलेसम्म एक लाख टन मात्र पठाएको बताउँछन् । अहिले भारतमै गहुँको माग धेरै भएकाले नेपालमा गहुँको अभाव भएको उनीहरूको दाबी छ । एक फ्लोर मिल सञ्चालकका अनुसार नेपाललाई कोटा दिँदा भारतमा गहुँको मूल्य प्रतिकिलो भारू २३ रहेकोमा अहिले भारू २८ पुगेको छ । फेरि अहिले नेपालकै गहुँको मूल्य वृद्धिले आँटा, मैदा, सुजी र चोकरको भाउ बढ्ने निश्चित भएको उनको भनाइ छ । भारतबाट आयात हुन बाँकी कोटाको गहुँको पनि भाउ बढिसकेकाले गहुँजन्य उत्पादनको मूल्य अझै माथि जाने ती फ्लोर मिल सञ्चालकको दाबी छ । अब फ्लोर मिल सञ्चालकले गहुँको मूल्य किलोमा पाँच रुपैयाँ बढेमा मैदा, आँटा, सुजी र चोकर किलोको १० रुपैयाँ बढाउने बताएका छन् ।
फलोर मिल सञ्चालकहरूले कार्टेलिङ गरी मैदाको मूल्यवृद्धि गर्दा त्यसले गहुँबाट बन्ने सबै उत्पादनको मूल्य १५ देखि २५ प्रतिशतसम्म वृद्धि हुुने बताइएको छ । यदि सरकारले फ्लोर मिल सञ्चालकको कार्टेलिङ समयमा नै ध्वस्त नबनाएमा चरमरूपमा महँगी वृद्धि हुने चाउचाउ, पाउरोटी तथा बिस्कुट उद्योगीहरूको भनाइ छ । तर फ्लोर मिलका सञ्चालकहरूको कार्टेलिङमा सरकार समेत नतमस्तक बनेको उनीहरूको आरोप छ । एकातिर बजारमा देखिएको आर्थिक मन्दीका कारण पलायन हुुन लागेको व्यापार व्यवसायलाई चलायमान बनाउन समेत असक्षम भएको सरकारले अब गहुुँको मूल्य वृद्धि भएको भन्दै मैदा र पिठोमा भएको मूल्यवृद्धि नियन्त्रण नगरे भयावह अवस्था आउने जानकारहरू बताउन थालेका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग, समाचार
ट्याग : #page17
ताजा अपडेट
- उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर
- सङ्घीयतामार्फत नै देश समृद्ध हुन्छ: सभापति देउवा
- भूकम्पपीडित नागरिकको पीडालाई अनुभूति गर्न आए: अध्यक्ष ओली
- पोखरामा दुई दिन ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
- केन्द्रीय कारागार सुन्धारामा दुई सय ६१ विदेशी कैदीबन्दी
- भ्रष्टाचार मुद्दाका पाँच जना फरार व्यक्ति पक्राउ
- आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा श्रीमती पक्राउ
- रमेश कर्प र बोनजोय ट्राभलबीच सम्झौता
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया