चितवनका सयपत्री र मखमली फूल माला हङकङ निर्यात
भरतपुर । चितवनमा कालिका नगरपालिका(२ पदमपुरका तीन जना दाजुभाइले उत्पादन गरेको उत्पादित सयपत्री र मखमली फूल हङकङ निर्यात गरिएको छ । एक हजार तीन सय माला र दुई क्विन्टल खुद्रा फूल बिहीबार हङकङ पठाइएको हो ।
किसान गोविन्द बास्तोलाले तिहारका लागि पहिलो पटक नेपालबाट सयपत्री फूल निर्यात गरिएको जानकारी दिए । उनले तीन लाख बराबरको माला निर्यात भएको बताएका छन् । अन्य देशबाट पनि सयपत्री फूलको माग आएको बताउँदै उनले विस्तारै अन्य देशमा पनि सयपत्री फूल र माला निर्यात गर्ने बताए।
चितवनमा फूल खेतीको सम्भावना राम्रो रहेको बास्तोलाले बताए । तीन भाइले तिहार लक्षित सयपत्री फूल तीन बिघामा खेती गरेका छन् । फूल खेतीबाट यसवर्ष बाह्र हजार माला र आठ क्विन्टल फूलको थुङ्गा उत्पादन हुने उनीहरुको अनुमान छ । बजार भए भने अन्य बालीभन्दा फूलखेतीबाट राम्रो आम्दानी हुने उनको भनाइ छ ।
उनीहरुले फूल खेती सुरु गरेको चार वर्ष भयो । कोरोना माहामारीपछि तीन दाजुभाइले जग्गा भाडामा लिएर फूल खेती गरेका हुन् । सप्लायर्स कमल सुवेदीले कात्तिक २४ गते राति काठमाडौँबाट जहाजमार्फत फूल हङकङ लगिने जानकारी दिए । हङकङमा बस्ने नेपाली समुदायबाट सयपत्री फूलको माग आएकाले लैजान लागिएको उनले बताए ।
फूल निर्यात गर्दा खासै फाइदा नहुने भए पनि किसानको प्रोत्साहन गर्नका लागि निर्यात गरिएको उनको भनाइ छ । चितवनमा तिहारका लागि फूल खेती गर्ने करिब एक सय जनाको हाराहारीमा किसान छन् । चितवनमा ५० बिघामा फूलखेती भएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- खर्च कटौतीको घोषणा अलपत्र, विदेश भ्रमणमा सरकारको कीर्तिमानी ब्रह्मलुट
- समसामयिक राजनीतिक व्यङ्ग्य
- एनसेल प्रकरणमा सरकार पक्ष प्रतिरक्षामा
- विदेश भ्रमणमा सरकारको कीर्तिमानी ब्रह्मलुट
- कोरियाको निर्माण र सेवा क्षेत्रमा नेपालीलाई रोजगारी
- लाभांश घोषणामा ढिलाइ
- उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर
- सङ्घीयतामार्फत नै देश समृद्ध हुन्छ: सभापति देउवा
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया