कास्की । दोस्रो ठूलो चाड तिहार सुरु भएसँगै पोखरामा सयपत्री फूलको प्रदर्शनी तथा महोत्सव सुरु भएको छ । तिहारको समयमा स्थानीय किसानले उत्पादन गरेका सयपत्री फूल एकै ठाउँबाट एकै मूल्यमा बिक्री गर्ने उद्देश्यका साथ महोत्सव आयोजना गरिएको हो ।
राससले जनाएनुसार पोखरा महानगरपालिकाको आयोजनामा पोखरा–४ चिप्लेढुङ्गास्थित श्रीकम्प्लेक्स परिसरमा शनिबारदेखि सुरु महोत्सव यही कात्तिक २८ गतेसम्म सञ्चालन हुनेछ । पोखरा महानगरले तिहारका लागि आवश्यक फूल स्थानीय उत्पादनले धान्ने र बाहिरबाट आयात गर्नुपर्ने अवस्था नरहेको महानगरले जनाएको छ । महानगर फूलमा आत्मनिर्भर बनेको महानगरको दाबी छ ।
मेलामा स्थानीय किसानसँगको साझेदारीमा उत्पादित सत्रपत्री फूल बिक्रीमा राखिएको महानगर आर्थिक तथा कृषि विकास महाशाखा प्रमुख मनहर कडरियाले बताए । प्रमुख कडरियाले यस वर्ष तिहारका लागि बाहिरबाट फूल आयात गर्नुपर्ने अवस्था नरहेको बताए । ‘स्थानीय किसानसँग साझेदारी गरेर एक सय ६५ रोपनीभन्दा बढी क्षेत्रफलमा सयपत्री फूल लगाइएको छ’, उनले भने, ‘यसपालिको तिहारमा सयपत्री फूल पोखरामा बाहिरबाट ल्याउनुपर्ने अवस्था छैन, हामी यसमा आत्मनिर्भर भएका छौँ ।’
महानगरपालिकाले सयपत्री फूलको मूल्यसमेत तोकेको छ । आर्थिक विकास महाशाखा, पोखरामा क्रियाशील पुष्प व्यवसायी र स्थानीय किसानको समन्वयमा फूलको मूल्य तोएिको हो । दररेटअनुसार सयपत्री फूलको १५ देखि २० ग्रामको एक थुङ्गालाई पाँच रुपैयाँ, १० देखि १५ ग्राम तौल भएको एक थुङ्गाको मूल्य चार रुपैयाँ र पाँचदेखि १० ग्रामको दुई रुपैयाँ तोकिएको छ । यस्तै मालाको क्रमशः दुई सय, एक सय ८० र एक सय ५० रुपैयाँ तोकिएको छ । यसैगरी, सयपत्री फूलको मूल्य प्रतिकेजी चार सय रुपैयाँ तोकिएको छ ।
यसैगरी महानगरले रैथाने हाटबजारसमेत आजदेखि शुभारम्भ गरेको छ । हाटबजारमा स्थानीय उत्पादनका १० बढी प्रदर्शनी कक्ष रहेका छन् । मन खुसी फाउन्डेसनले तयार गरेको ह्यान्डीक्राफ्ट (मोजा, टोपी), प्राप्ति प्रशान्त हस्तकलाले तयार गरेको पोते माला, आमा एग्रो प्रडक्टका स्थानीय उत्पादनका कृषि उपज, सगुन हस्तकलाले तयार गरेको धागोका सामान हाटबजारमा बिक्रीका लागि राखिएका छन् ।
यस्तै, पुष्पाञ्जलीद्वारा तयार गरिएको विवाहका लागि चाहिने सामान (सई पाटा), विधाता हस्तकला उद्योगद्वारा उत्पादित हस्तकलाका सामग्री, कृषि सञ्जाल वडा नं.६ ले उत्पादन गरेका कृषि उपज र महिला सीप विकास संस्थाद्वारा उत्पादित स्थानीय हस्तकलाका सामग्री हाटबजारमा बिक्रीका लागि राखिएका छन् ।
रैथाने हाटबजारमा तिहार लक्षित खानाका परिकार (सेलरोटी, झिलिङ्गा, चिनीरोटी), स्थानीयस्तरमा उत्पादित खाद्यवस्तु कोदो, मकै, गहुँ, फापरलगायत तरकारीजन्य वस्तु पनि बिक्रीका लागि राखिएको आर्थिक विकास महाशाखा प्रमुख कडरियाले जनाए ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- पेट्रोलियम अन्वेषणले समृद्ध नेपालको दीर्घकालीन लक्ष्य प्राप्त हुन्छ : अध्यक्ष ओली
- पत्रकार महिला क्षमता अभिवृद्धि तालिमको उद्घाटन
- सामान्य अंकले आर्लियो सेयर बजार
- इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टि आर एस लोजिपार्कबीच सम्झौता
- ११ कार्टुन सुकमेल सुख्खा बन्दरगाह भन्सारबाट चोरी
- प्रधानन्यायाधीशद्वारा नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई शपथ
- जिल्ला अदालत कास्कीद्वारा सहकारीका सञ्चालकसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी
- झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल-भारत सीमा स्तम्भको मर्मत सुरु
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया