Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारईश्वर पोखरेलद्वारा नेकपा एसका अध्यक्षसहित दर्जनौँ नेतालाई एमालेमा स्वागत

ईश्वर पोखरेलद्वारा नेकपा एसका अध्यक्षसहित दर्जनौँ नेतालाई एमालेमा स्वागत


जनकपुरधाम । उपाध्यक्ष ईश्वर पोखरेलले महोत्तरीको रामगोपालपुरमा मंगलवार एमाले क्षेत्रीय समन्वय समितिले दसैँ, दीपावली तथा छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा यादवलाई फूलमाला र अबिर लगाएर पार्टीमा स्वागत गरेका छन् ।

उनले नेकपा एकीकृत समाजवादी महोत्तरीका अध्यक्ष कौशिलाल यादवसहितका दर्जनौँ नेता कार्यकर्तालाई पार्टीमा फर्काएका हुन् । यादवसँगै भंगहा नगरपालिकाका नगर कमिटी अध्यक्ष किशोरी सिंह, नेकपा एसका जिल्ला सचिव अरुण कुमार चौधरीलगायत नेता कार्यकर्ताहरू पनि एमालेमा फर्केका छन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया