Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकोहलपुरमा हतियार प्रहारबाट युवक घाइते

कोहलपुरमा हतियार प्रहारबाट युवक घाइते


जानकी (बाँके) । धारिलो हतियार प्रहारबाट बाँकेको कोहलपुरमा एक युवक गम्भीर घाइते भएका छन् । बिहीबार बिहान विकलाई अज्ञात व्यक्तिले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिएका छन् ।

कोहलपुरस्थित चप्परगौडीका २८ वर्षीय मीनबहादुर विक घाइते भएका हुन् । उनलाई घर नजिकै अज्ञात व्यक्तिले पछाडिबाट टाउको तथा शरीरका अन्य भागमा धारिलो हतियार प्रहार गरी घाइते बनाएका थिए । नेपालगञ्जस्थित नर्सिङहोममा घाइते विकको उपचार भइरहेको प्रहरी नायब उपरीक्षक डाँगीले बताए । हतियार प्रहार गर्ने व्यक्तिको खोजी भइरहेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया