Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारग्रामीण क्षेत्रको विकासका लागि पहल गर्छु : रेखा शर्मा

ग्रामीण क्षेत्रको विकासका लागि पहल गर्छु : रेखा शर्मा


घोराही । ग्रामीण क्षेत्रको विकासका लागि आफुले पहल गर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताएकी छिन । दाङको पहाडी गाउँपालिका बंगलाचुली गाउँपालिका वडा नं. ३ को बचेनीमा स्थानीयवासीसँग भेट गर्दै मन्त्री शर्माले विकट क्षेत्रका जनतालाई विकासको प्रत्याभुति दिलाउने गरी काम गरिरहेको बताइन् । आफुले निर्वाचन जितेपछि आफ्नो क्षेत्रका समस्या समाधानका लागि पहल गरिरहेको भन्दै आगामी दिनहरुमा पनि विकास निर्माणका कामहरु हुने जानकारी दिइन् ।

निर्वाचनका क्रममा जनतासँग गरेको प्रतिवद्धता अनुसार सडक, खानेपानी, सञ्चार, शिक्षा, स्वास्थ्यलगायतका विकासका पूर्वाधारहरुमा आफुले ध्यान दिइरहेको शर्माले बताइन् । प्युठान र घोराहीलाई जोड्ने मुख्य सडकका रुपमा रहेको घोराही–मुर्कुटी–प्युठान सडकको गुणस्तर सुधारका लागि समेत पहल गर्ने मन्त्री शर्माले बताइन् ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया