सुदूरपश्चिम । धनगढी उपमहानगरपालिका–१ मुख्य बजारमा रहेको सारथी अस्पताल प्रालि र सँगै जोडिएका पसलमा गएराति आगलागी हुँदा लाखौँ मूल्य बराबरको समान जलेर नष्ट भएको छ । गएराति करिब १ बजे लागेको आगो आज बिहान मात्र निभाइएको थियो ।
अस्पतालसँगै रहेको खाद्य तथा व्यापार कम्पनी लिमिटेडको भवनमा दलबहादुर भण्डारीले सञ्चालन गरेको भण्डारी जनरल स्टोरमा अचानक विद्युत् चुहावट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदीप चन्दले जानकारी दिए । आगो लागेपछि अस्पतालमा भर्ना भएका बिरामीलाई अन्य अस्पतालमा पठाइएको छ ।
आगलागीबाट सारथी अस्पतालसहित भण्डारीको भण्डारी जनरल स्टोर, टेकेन्द्र शर्माको मधुमाला बेबी सपगोदाम, वासुदेव भट्टको भट्ट सपिङ सेन्टर, जगतबहादुर बलायरको सुभिक्षा देवी सपिङ सेन्टर, यशोदा साउदको न्यू सदिक्षा इन्टर प्राइजेज, गौरी भण्डारीको भण्डारी सु सेन्टर, जानकी भट्टको भट्ट ट्रेडर्स एण्ड सप्लायर्समा रहेको मालसामान जलेर नष्ट भएको छ ।
धनगढी उपमहानगरपालिका, गोदावरी नगरपालिका र पुनर्वास नगरपालिकाका चारवटा दमकलको सहायतामा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीको प्रयासमा आगो निभाइएको छ । आगलागीबाट पुगेको क्षतिको यकिन विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । रासस
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सामान्य अंकले आर्लियो सेयर बजार
- इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टि आर एस लोजिपार्कबीच सम्झौता
- ११ कार्टुन सुकमेल सुख्खा बन्दरगाह भन्सारबाट चोरी
- प्रधानन्यायाधीशद्वारा नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई शपथ
- जिल्ला अदालत कास्कीद्वारा सहकारीका सञ्चालकसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी
- झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल-भारत सीमा स्तम्भको मर्मत सुरु
- रसुवागढी नाकाबाट चार महिनामा आठ जना पक्राउ
- हुम्ला र मुस्ताङमा बिहानैदेखि हिमपात सुरु
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया