हत्यामा संलग्न अभियोगमा सौतेनी आमासहित तीन जना पक्राउ
सर्लाही । हरिवन नगरपालिका–११ बालगंगा बस्ने १७ वर्षीया तबसुन खातुनको हत्या गरेको घटनामा संलग्न रहेको अभियोगमा तीन जना पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले शुक्रबार राति पक्राउ गरेको थियो ।
पक्राउ पर्नेहरूमा मृतककी सौतेनी आमा ४५ वर्षीया सकिना खातुन, मृतकको मामा ५५ वर्षीय शेख जिलानी र शेख जिलानीको छोरा २४ वर्षीय शेख असजद रहेका छन् ।
कात्तिक २६ गते तबसुनलाई परिवारका सदस्यहरू मिलि हत्या गरी शवलाई हरिवन नगरपालिका–११ बालगंगास्थित चिहानमा गाडेको भन्ने खबर पाउनासाथ ईलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
क्याटेगोरी : समाचार, सुरक्षा अपराध
ताजा अपडेट
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
- विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु
- सेयर बजार करेक्सन, सुचक तथा कारोबार रकम दुबै बढ्यो
- सरकारलाई राष्ट्रिय सूचना आयोगको प्रतिवेदन बुझाइयो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया