छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँचको मृत्यु
काठमाडौं । छुट्टाछुट्टै दुर्घटनामा परि पाँच व्यक्तिको मृत्यु भएको छ । ललितपुर, मकवानपुर, कैलाली, दोलखा, बैतडीमा गरी पाँचको मृत्यु भएको हो ।
ललितपुर, महानगरपालिका–१ कुपण्डोलमा बा.८८ प ८०६२ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री काठमाडौं डल्लु घर भएकी ५५ वर्षीया अग्नि जोशीको शुक्रबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको नर्भिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
मकवानपुर, हेटौंडा उपमहानगरपालिका–१७ बाबुचोकस्थित सडकमा ठुलोदमारबाट हटियातर्फ जाँदै गरेको ना.२५ प ८३५६ नम्बरको स्कुटरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४३ वर्षीया गोपिनी बिकको शुक्रबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । स्कुटर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलाली, गोदावरी नगरपालिका–१ धनगढी रोडस्थित सडकमा धनगढीबाट अत्तरियातर्फ जाँदै गरेको मधेश प्रदेश ०३ ०१ ख ९६५६ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री डोटी शिखर गाउँपालिका–२ बस्ने ६० वर्षीया भगवती रोस्यारा(कट्टी)को शुक्रबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको सेती प्राथमिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दोलखा, तामाकोशी गाउँपालिका–१ सिस्नेरीस्थित सडकमा बा.०१००३प ९३५९ नम्बरको ट्रक र बा.२९ प ११६२ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाई शनिबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक तामाकोशी गाउँपालिका–१ भिरकोट बस्ने २२ वर्षीय शुसिल माझीको घटनास्थलमै मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनालाई चरिकोट अस्पताल हुँदै थप उपचारको लागि अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौं पठाइएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बैतडी, दोगडाकेदार गाउँपालिका–३ घोडेधारस्थित सडकमा से.१ ज ६०३ नम्बरको जिप शनिबार बिहान दुर्घटना हुँदा जिपमा सवार दोगडाकेदार गाउँपालिका–८ कटौजपानी बस्ने ३५ वर्षीय अम्मर बिष्टको घटनास्थलमै मृत्यु भएको छ । साथै, दुर्घटनामा घाइते भएका जिपमा सवार पाँच जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । जिप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- चोरीमा संलग्न दुई भारतीयसहित तीन जना पक्राउ
- नेपालीलाई क्यासिनो प्रवेश गराउन भारतीय आधार कार्ड बनाइदिने तीन जना पक्राउ
- अदालतद्वारा एनसेलको सेयर खरिद बिक्रीको अभिलेखीकरण नगर्न आदेश
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया