काठमाडौंमा दुईसहित विभिन्न स्थानमा सात जना मृत अवस्थामा फेला
काठमाडौं । विभिन्न स्थानमा गरी सात जना मृत अवस्थामा फेला परेका छन् । प्रहरीका अनुसार गत शुक्रबार र शनिबार काठमाडौंमा दुईसहित विभिन्न स्थानमा सात जना मृत अवस्थामा फेला परेका हुन् ।
प्युठान, नौबहीनी गाउँपालिका–३ मन्धाराकैया बस्ने २२ वर्षीया रिमा बुढा मगर सोही ठाउँस्थित भिरेखरबारीमा शुक्रबार मृत अवस्थामा फेला परेकी छन् । कात्तिक २७ गते ३ वर्षीय छोरा मुस्कान बुढामगर समेतलाई लिई घरबाट गएकी उनी घर फर्की नआएपछि खोजी गर्ने क्रममा शव फेला परेको हो । साथै, हाल सम्पर्कमा नभएका मुस्कान बुढामगरको प्रहरीले खोजी गर्नुका साथै मृतकको श्रीमानलाई आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।
काठमाडौं, नागार्जुन नगरपालिका–४ सितापाईलास्थित सेल्सबेरी डिपार्टमेन्ट स्टोर अगाडि हाल नाम, थर आदि नखुलेका शिव भनेर चिनिने अन्दाजी ५० वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
यसैगरी काठमाडौं, गोकर्णेश्वर नगरपालिका–६ बेशिगाउँ डेरा गरी बस्ने संखुवासभा मादी नगरपालिका–५ घर भएका ३८ वर्षीय कैलाश शेर्पा आफ्नै कोठामा शनिबार मृत अवस्थामा फेला परेका छन् ।
सुनसरी, बराहक्षेत्र नगरपालिका–३ हर्दिया बस्ने सोभा थापाको घरमा विगत ४० वर्षदेखि बस्दै काम गर्दै आएका खोटाङ खोटेहाङ गाउँपालिका–८ मुखितम घर भएका ७२ वर्षीय तिलक खड्का उक्त घरको बरण्डाको खाटमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
अर्घाखाँची, भुमिकास्थान नगरपालिका–३ सिख्रास्थित भिरमा गुल्मी धुर्कोट गाउँपालिका–२ पिपलधारा बस्ने ३६ वर्षीय खुम बहादुर घर्ती शुक्रबार मृत अवस्थामा फेला परेका छन् । कात्तिक २९ गते आफ्नो दिदी कमला घर्तिको घर अर्घाखाँची भुमिकास्थान नगरपालिका–३ सिख्रास्थित तिहारको टिका लगाउन भनि हिँडेका उनी दिदीको घरमा नपुगेपछि खोजी गर्ने क्रममा शव फेला परेको हो ।
रूकुम पश्चिम, चौरजहारी नगरपालिका–२ बिजयश्वरी डाँडास्थित सडकमा सोही नगरपालिका–२ मुग्राखोला घर भई हाल चौरजहारी नगरपालिकामा कार्यरत कार्यालय सहयोगी ३९ वर्षीय कालु कुमाल शनिबार मृत अवस्थामा फेला परेका छन् ।
बाँके, जानकी गाउँपालिका–२ बेलभार बस्ने ४५ वर्षीय राम दयाल पुरी आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् । सबै घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- ११ कार्टुन सुकमेल सुख्खा बन्दरगाह भन्सारबाट चोरी
- प्रधानन्यायाधीशद्वारा नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई शपथ
- जिल्ला अदालत कास्कीद्वारा सहकारीका सञ्चालकसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी
- झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल-भारत सीमा स्तम्भको मर्मत सुरु
- रसुवागढी नाकाबाट चार महिनामा आठ जना पक्राउ
- हुम्ला र मुस्ताङमा बिहानैदेखि हिमपात सुरु
- सबै कम्युनिष्ट शक्ति एक हुन जरुरी : महासचिव गुरुङ
- सातदोबाटोमा नेपाली जुत्ताघर सञ्चालन
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया