स्काईभेटरमा आगलागी हुँदा एक करोडको क्षति
सोलुखुम्बु । पार्किङ गरी राखेको स्काईभेटरमा आगलागी हुँदा करिब एक करोड रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । थुलुङ दुधकोशी गाउँपालिका–५ लिखु बस्ने प्रकाश राईको घर नजिक पार्किङ गरी राखेको हाल नम्बर नखुलेको स्काईभेटरमा गएराति आगलागी हुँदा स्काईभेटर पूर्णरूपमा जलेर करिब एक करोड रूपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।
प्रहरीका अनुसार प्रकाशले सानी कम्पनीको हारबोट कन्ट्रक्शन प्रालिको स्काईभेटर भाडामा लिई सोही गाउँपालिका–४ छिपिलीस्थित दुधकोशी २ जलेश्वर हाईड्रोपावर कम्पनीको बाटो ट्रयाक खन्दै गरेको र हाल ७/८ दिनदेखि प्रकाशको घर नजिक सडकमा पार्किङ गरी राखेको खुल्न आएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- सामान्य अंकले आर्लियो सेयर बजार
- इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टि आर एस लोजिपार्कबीच सम्झौता
- ११ कार्टुन सुकमेल सुख्खा बन्दरगाह भन्सारबाट चोरी
- प्रधानन्यायाधीशद्वारा नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई शपथ
- जिल्ला अदालत कास्कीद्वारा सहकारीका सञ्चालकसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी
- झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल-भारत सीमा स्तम्भको मर्मत सुरु
- रसुवागढी नाकाबाट चार महिनामा आठ जना पक्राउ
- हुम्ला र मुस्ताङमा बिहानैदेखि हिमपात सुरु
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया