विभिन्न स्थानमा पाँच जना मृत अवस्थामा फेला
काठमाडौं । विभिन्न स्थानमा गरी पाँच जना मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । काठमाडौं, बागलुङ, अर्घाखाँची, धनुषा, बैतडीमा गरी आइतबार पाँच जना मृत अवस्थामा फेला परेका हुन् ।
काठमाडौं, बुढानिलकण्ठ नगरपालिका–१२ कपन मुस्कान चोक डेरा गरी बस्ने ओखलढुङ्गा चम्पादेवी गाउँपालिका–१० घर भएका ३४ वर्षीय प्रकाश बुढाथोकीको डेरा कोठामा उनकै भाइ ३२ वर्षीय उमेश बुढाथोकी आइतबार मृत अवस्थामा फेला परेका छन् ।
बागलुङ नगरपालिका–१ रामरेखा बस्ने ३० वर्षीय छितिज राना मगर आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।
अर्घाखाँची, सन्धिखर्क नगरपालिका–१० बारबाने बस्ने ४८ वर्षीया कल्पना जिएम आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।
धनुषा, जनकपुर उपमहानगरपालिका–१६ हनुमाननगर टोलस्थित नालामा सोही उपमहानगरपालिका–१८ मौवाही बस्ने ६५ वर्षीय राम बिलाश पासवान आइतबार मृत अवस्थामा फेला परेका छन् ।
बैतडी, दशरथचन्द नगरपालिका–५ कुमाली बस्ने ४५ वर्षीय नरेश जोशी सोही नगरपालिका–५ मुल्याभिटो काठोमा आइतबार मृत अवस्थामा फेला परेका छन् । सबै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- कोशीमा बजेट विधेयक पारित
- कुटपिटबाट २६ वर्षीय युवाको मृत्यु, घटनामा संलग्न सात जना पक्राउ
- राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट
- इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट
- हजार र पाँच सयका नक्कली नोटसहित एक युवा पक्राउ
- तीन महिने अभियानलाई जसपाले निरन्तरता दिने
- मङ्सिर २३ गते परराष्ट्रमन्त्री साउद कतार जाँदै
- ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
तपाईको प्रतिक्रिया