अर्थतन्त्र सुधार्न गोलमेच बैठक गर्ने तयारी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहल ‘प्रचण्ड’ले अर्थतन्त्रबारे छलफल गर्न आर्थिक गोलमेच बैठक गरिने बताउँदै आएका छन् । त्यसका लागि सोमबार दिउँसो ४ बजे प्रधानमन्त्री दाहालले अर्थमन्त्री डा. प्रकाशशरण महत, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठ र राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायतसँग छलफल गर्ने भएका छन् ।
दिउँसो चार बजे बस्ने भनिएकोे बैठक अनौपचारिक हुने बताइएको छ । बैठकमा बिग्रँदो अर्थतन्त्रमा गति ल्याउने विषयमा गम्भीर छलफल हुने बताइएको छ । प्रधानमन्त्री दाहालले अर्थतन्त्रबारे ब्रिफिङ लिने र आर्थिक गोलमेच बैठकको कार्ययोजना बनाउने विषयमा केन्द्रित हुने स्रोतले जनाएकोे छ ।
बजार चलायमान नहुनु, मूल्यवृद्धि बढ्दै जानु, उत्पादन बढ्न नसक्नु, सरकारी आम्दानी र खर्चमा संकुचन हुनुले अर्थतन्त्र दबाबमा रहेको देखाउँछ । अर्कोतर्फ कर्जाको माग बढेको छैन भने ब्याजदर महँगो छ । यसले पनि बजार चलायमान बन्न सकेको छैन ।
यिनै समस्याबारे साझा धारणा बनाएर अर्थतन्त्रलाई गति दिन सरकारले गोलमेच सम्मेलन गर्न खोजेको देखिन्छ । पछिल्लो समय अर्थतन्त्रका केही सूचकहरू सकारात्मक भए पनि आवश्यकताअनुसार ट्र्याकमा आउन सकेको छैन । महँगी झन् बढ्दै गएकोे छ । प्रधानमन्त्री दाहालले विभिन्न कार्यक्रममा अर्थतन्त्रमा गति ल्याउने विषयमा गम्भीर छलफल गर्न गोलमेच बैठकको आयोजना गरिने र त्यसबाट ठोस प्याकेज घोषणा गरी अर्थतन्त्रमा सुधार ल्याउने बताउँदै आएका छन् । सोमबारको अनौपचारिक बैठकपछि मात्रै आर्थिक गोलमेच बैठक बोलाउने विषयमा सरकारले निर्णय लिनसक्ने जनाइएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- कोशीमा बजेट विधेयक पारित
- कुटपिटबाट २६ वर्षीय युवाको मृत्यु, घटनामा संलग्न सात जना पक्राउ
- राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट
- इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट
- हजार र पाँच सयका नक्कली नोटसहित एक युवा पक्राउ
- तीन महिने अभियानलाई जसपाले निरन्तरता दिने
- मङ्सिर २३ गते परराष्ट्रमन्त्री साउद कतार जाँदै
- ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
तपाईको प्रतिक्रिया