चार महिनामा १८ अर्ब विदेशी लगानी प्रतिबद्धता
लाभांशबापत दुई अर्ब बाहिरियो
काठमाडौं । चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिना (साउनदेखि कात्तिकसम्म) विदेशी लगानी प्रतिबद्धता करिब साढे १८ अर्ब रुपैयाँ आएको छ । उद्योग विभागका अनुसार कात्तिक मसान्तसम्म वैदेशिक लगानी प्रतिबद्धता १८ अर्ब ३५ करोड ४३ लाख रुपैयाँ आएको छ ।
विभागका अनुसार एक सय ७८ वटा उद्योग स्थापना र आठ हजार सात सय ७० जनाका लागि रोजगारी प्रतिबद्धतासहित सो वैदेशिक लगानी प्रतिबद्धता आएको हो । यसमध्ये २४ वटा उद्योग प्रविधि हस्तान्तरण सम्झौता (टीटीए)सहित आएको छ ।
उद्योग विभागकी सूचना अधिकारी रमिला भण्डारीका अनुसार विदेशी लगानी प्रतिबद्धता सबैभन्दा बढी एक सय ७० वटा साना उद्योगका लागि आएको छ । बाँकी पाँचवटा मझौला र तीनवटा ठूला उद्योगका लागि लगानी प्रतिबद्धता आएको छ । क्षेत्रगतरूपमा पर्यटनजन्य उद्योगमा ८६ वटा, सेवाजन्यमा ६९ वटा, उत्पादनजन्यमा १२ वटा, सूचना प्रविधिजन्यमा पाँचवटा र कृषिजन्यमा एउटा उद्योगको लागि लगानी प्रतिबद्धता आएको सूचना अधिकारी भण्डारीले बताइन् ।
कृषि तथा वन पैदावरमा आधारित, ऊर्जामूलक, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, सेवामूलक र पर्यटनमूलकलगायतका उद्योगमा विदेशी लगानी आउने गरेको छ भने विभागले उद्योगहरू दर्ता तथा नवीकरणको काम गर्दै आएको छ ।
सरकारी प्रतिवेदनका अनुसार नेपालमा आउने विदेशी लगानीमा सबैभन्दा बढी भारत, चीन, सेन्ट किट्स एन्ड नेभिज र आएरल्यान्डलगायतका मुलुक रहेका छन् । साथै सिंगापुर, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, दक्षिण कोरिया, अमेरिका, बंगलादेश गरी ५२ वटा मुलुकबाट पनि वैदेशिक लगानी प्रतिबद्धता आउने गरेको छ । समीक्षा अवधिमा भारत, चीनलगायतका मुलुकबाट बढी लगानी प्रतिबद्धता आएको छ ।
लगानी प्रतिबद्धतालाई हेर्दा निराश हुन नपर्ने उनले सूचना अधिकारी भण्डारीले बताइन् । वैदेशिक लगानी निरन्तर आएकोले लगानी प्रतिबद्धतालाई लिएर समस्या नरहेको उनको भनाइ छ । यसैबीच लगानी प्रतिबद्धता ठूलो मात्रामा आउने गरे पनि न्यून मात्र लगानी रकम भित्रिने हुँदा वैदेशिक लगानीलाई लिएर उत्साह लिनु नपर्ने विभागका अधिकरीहरू बताउँछन् ।
वैदेशिक लगानीमा प्रतिबद्धताको एक तिहाइभन्दा कम रकम भित्रिने गरेको देखिन्छ छ । गत आर्थिक वर्षमा भने ३८ अर्ब ४० करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । उक्त लगानी प्रतिबद्धता तीन सय २७ वटा उद्योग तथा १७ हजार १२ जनालाई रोजगारीसहित आएको हो । त्यसैले गर्दा चालू आर्थिक वर्षको दुई महिनामा लगानी प्रतिबद्धता रकम, उद्योगको संख्या र रोजगारी प्रतिबद्धतामा कमी आए पनि यो आगामी महिनामा क्रमशः बढ्दै जाने विभागले जनाएको छ ।
चालू आर्थिक वर्ष २०८०/८१ को पहिलो चौमासमा विदेशी लगानीकर्ताले नेपालमा रहेको उद्योगको लागि सेयर खरिद सम्झौता (एसपिए) र साझेदारी सदस्यता सम्झौता (एसएसए) गरेको विभागले जनाएकोे छ । विदेशी लगानीकर्ताले समीक्षा अवधिमा २१ वटा उद्योगको लागि तीन अर्ब ७२ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर खरिद सम्झौता (एसपिए) र साझेदारी सदस्यता सम्झौता (एसएसए) गरेका छन् ।
त्यस्तै, विदेशी लगानीकर्ताहरूले उद्योगमा लगानी गरेसँगै लगानी प्रतिफल समेत लैजाने गरेको विभागले जनाएको छ । चालू आर्थिक वर्षको पहिलो चार महिनामा विदेशी लगानीवापत दुई अर्ब १२ करोड ९९ लाख ४२ हजार रुपैयाँ बाहिरिएको छ । गत आर्थिक वर्षको सोहि अवधिमा लाभांशवापत् दुई अर्ब २२ करोड २४ लाख रुपैयाँ बाहिरिएको थियो ।
चालू आर्थिक वर्षको कात्तिकमा मात्रै एक अर्ब नौ करोड ८१ लाख ७५ हजार रुपैयाँ लाभांश लगेको सूचना अधिकारी भण्डारीले बताइन् । गत आर्थिक वर्षमा भने १३ अर्ब ८४ करोड रुपैयाँ भन्दा बढी लाभांश लगेका थिए । लगानी आएसँगै लाभांश रकम लैजाने क्रमले समेत निरन्तरता पाउने हुदाँ आगामी महिनामा लाभांश रकममा वृद्धि हुने उनले बताइन् । विदेशी लगानीकर्ताले धेरैजसो उत्पादन, खानी र उत्खनन क्षेत्रबाट लाभांश लगेको पाइन्छ हाल भने क्षेत्रहरू विभाजन गरि नसकेको विभागले जनाएको छ । त्यसपछि विदेशी लगानीकर्ताहरूले विद्युत्, ग्यास, पानी, निर्माण, यातायात, भण्डारण, सञ्चार, वित्तीय क्षेत्र, होटल तथा रेष्टुरेन्ट र शिक्षा लगायतका क्षेत्रबाट समेत लाभांश लैजाने गरेको विभागले बताएको छ ।
लाभांश लैजानको लागि विभाग र राष्ट्र बैंकले आवश्यक सहयोग गर्दै आएका छन् । कोभिड–१९ र रुस–युक्रेन युद्धका बीच पनि नेपालमा विदेशी लगानी रोकिएको थिएन भने सो समय भन्दा अघि देखि नै नेपालको उद्योग क्षेत्रमा विदेशी लगानी निरन्तर आएको छ, जसले गर्दा लगानी प्रतिफलस्वरुप लाभांश लगेको देखिएको हो ।
वैदेशिक लगानीकर्ताले उद्योग सञ्चालन गरेबापत् सरकारलाई तिनुपर्ने रोयल्टीबापत्को रकम पनि बुझाएका छन् । समिक्षा अवधिमा विदेशी लगानीकर्ताबाट ८७ करोड ५४ लाख रुपैयाँ राजस्व संकलन गरिएको विभागले जनाएको छ ।
चालू आर्थिक वर्षको कात्तिक महिनामा मात्र एक अर्ब ७५ करोड रुपैयाँ लगानी प्रतिवद्धता आएको छ । जुन २७ वटा उद्योग स्थापना तथा एक हजार ९८ जनालाई रोजगारी सहित हो । कात्तिकमा विदेशी लगानीकर्ताले लाभांश स्वरुप एक अर्ब नौ करोड ८१ लाख रुपैयाँ लगेका छन् भने रोयल्टीवापत् ११ करोड २१ लाख ८५ हजार रुपैयाँ सरकारलाई प्राप्त भएको छ ।
विदेशी लगानीकर्तालाई प्रत्यक्ष विदेशी लगानी तथा हस्तान्तरण ऐन, २०७५ ले नेपालमा रहेको उद्योग क्षेत्रमा लगानी गर्ने अधिकार प्रदान गरेको छ । विभागमा कृषि तथा वन पैदावरमा आधारित, ऊर्जामूलक, सूचना, प्रसारण तथा सञ्चार प्रविधि, उत्पादनमूलक, सेवामूलक र पर्यटनमूलक लगायतका उद्योग दर्ता हुन्छन् । दर्ताका साथै विदेशी लगानीको हकमा पुँजी समेत तोकिएको छ । राष्ट्र बैंक अन्र्तगत प्रत्यक्ष विदेशी लगानी शाखाका अनुसार नेपालमा विदेशी लगानीको लागि न्यूनतम सीमा प्रति विदेशी लगानीकर्ता पाँच करोड रुपैयाँ तोकिएको छ भने अधिकतम सीमा तोकिएको छैन । ‘औद्योगिक व्यवसाय ऐन–०७५’ अनुसार १० करोड रुपैयाँसम्म स्थिर पुँजी भएको साना, १० देखि २५ करोड रुपैयाँसम्मको स्थिर पुँजी भएको मझौला र २५ करोड रुपैयाँभन्दा बढी स्थिर पुँजी भएको ठूला विभागले दर्ता गर्छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 1
ताजा अपडेट
- कोशीमा बजेट विधेयक पारित
- कुटपिटबाट २६ वर्षीय युवाको मृत्यु, घटनामा संलग्न सात जना पक्राउ
- राष्ट्रपतिसँग प्रधानमन्त्री प्रचण्डको शिष्टाचार भेट
- इन्टरपोलको भिडियो प्रतियोगितामा नेपाल सर्वोत्कृष्ट
- हजार र पाँच सयका नक्कली नोटसहित एक युवा पक्राउ
- तीन महिने अभियानलाई जसपाले निरन्तरता दिने
- मङ्सिर २३ गते परराष्ट्रमन्त्री साउद कतार जाँदै
- ट्याक्टरबाट लडेर एक जनाको मृत्यु
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
तपाईको प्रतिक्रिया