मालपोत कार्यालयको राजस्व ५० प्रतिशतले बढ्यो
सोलुखुम्बु । मालपोत कार्यालय सोलुखुम्बुको राजस्व ५० प्रतिशतले वृद्धि भएको छ । गत आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासिकको तुलनामा चालू आर्थिक वर्ष २०८०/८१ को सोही अवधिमा राजस्व संकलन ५० दशमलव १४ प्रतिशतले वृद्धि भएको हो ।
कार्यालयको तथ्याङ्कअनुसार गत आर्थिक वर्षको पहिलो तीन महिना साउन, भदौ र असोजमा ४० लाख ७२ हजार पाँच सय ४३ रुपैयाँ राजस्व संकलन भएको थियो । तर चालू आर्थिक वर्षको सोही अवधिमा ८१ लाख २१ हजार ८० रुपैयाँ राजस्व संकलन भएको छ । चालू आर्थिक वर्षको साउनमा ३१ लाख २६ हजार छ सय ९५, भदौमा २६ लाख १५ हजार नौ सय २१ र असोजमा २३ लाख ७८ हजार चार सय ६४ रुपैयाँ राजस्व संकलन भएको खरिदार सुमन कार्कीले जानकारी दिए । पुँजीगत लाभकर बापत साउनमा १६ लाख ८९ हजार दुई सय ८८, भदौमा सात लाख ७१ हजार एक सय ६९ र असोजमा सात लाख सात हजार छ सय २५ रुपैयाँ राजस्व संकलन भएको सूचना अधिकारी कार्कीले बताए ।
पुँजीगत लाभकरणबापत संकलन भएको राजस्वमध्ये ४० प्रतिशत प्रदेश सरकार र ६० प्रतिशत स्थानीय सरकारमा जाने प्रावधान छ । सो अवधिमा ८८ वटा धितो बन्धक र तीन सय २७ वटा लिखत पारित भएका छन् । गत वर्ष जग्गा कित्ताकाट रोकिँदा गिरावट आएको राजस्व संकलन यस वर्षको भदौबाट फुकुवा भएसँगै सेवाग्राहीको चाप बढ्दा राजस्व संकलनमा वृद्धि भएको मालपोत कार्यालयले जनाएको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- महिलाहरुलाई दिल्लीमा बेचबिखन गरेको अभियोगमा बाँकेकी एक महिला पक्राउ
- छुट्टाछुट्टै सवारी दुर्घटनाबाट सात जनाको मृत्यु
- विभिन्न ठाउँमा चार व्यक्ति मृत अवस्थामा फेला
- अध्यादेश जारी गरेर भएपनि भूमिहीनलाई जग्गा प्रदान गर्ने उपप्रधानमन्त्रीको प्रतिबद्धता
- विभिन्न ठाउँमा आगलागीबाट लाखौँको क्षति
- वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई लाई किन सोध्यो नेपाल नागरिक उड्डयन प्राधिकरणले सात दिने स्पष्टीकरण ?
- कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन: नेपालमाथिको अन्याय रोकिनुपर्छ
- सक्कली प्रहरीको फन्दामा नक्कली प्रहरी
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया