काठमाडौं । नदीका तथा पोखरीका किनारमा पूजाअर्जना गरी भव्यरूपमा छठ पर्व मनाइएको छ । नदी किनारमा छठ पूजाका लागि झिलीमिली बत्ती सजावट गरिएको छ । पूजाका लागि राखिएको छठीमाताको मूर्तिमा तीर्थालुका साथै विभिन्न विशिष्ट व्यक्तिले समेत पूजाअर्चना गरेका छन् । विशेषगरी तराईमा मात्रै मनाइने छठ पर्व पछिल्ला वर्षहरूमा काठमाडौं उपत्यकामा पनि मनाउन थालिएको छ । तराई–मधेशमा मात्र नभई मुलुकका सबै भू–भागमा छठ पर्व मान्ने चलन विस्तार भइरहेको छ ।
छठ पर्वको मुख्य दिन साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ समापन गरिन्छ । राजधानीमा गौरीघाट, कमलपोखरी, विष्णुमती, नख्खु, गहनापोखरी, कुपण्डोललगायत २१ स्थानमा पूजास्थलको निर्माण गरिएको छ ।
राष्ट्रपति, उपराष्ट्रपतिद्वारा छठीमाताको पूजा
यस्तै, राष्ट्रपति रामचन्द्र पौडेल र उपराष्ट्रपति रामसहायप्रसाद यादवलगायत विशिष्ट व्यक्तिले पनि छठीमाताको पूजाअर्चना गरेका छन् । राष्ट्रपति पौडेलले छठ पर्वको उपलक्ष्यमा आइतबार साँझ कमलपोखरीको छठ पूजास्थलमा छठीमाताको पूजा गरेका हुन् । यस्तै, उनले गुह्येश्वरीमा निर्मित पूजास्थलमा अस्ताउँदो सूर्यलाई अघ्र्य दिँदै छठी माताको पूजाअर्चना गरेका थिए ।
यसैगरी, काठमाडौं महानगरपालिकाद्वारा कमलपोखरीमा आयोजित छठ पूजामा उपराष्ट्रपति रामसहायप्रसाद यादवलगायत विशिष्ट व्यक्तिले छठीमाताको पूजा गरेका थिए । छठ पूजाका लागि कमलपोखरी ध्वजापताकाले सिङ्गारिनुका साथै झिलीमिली बत्ती जडान गरिएको छ । महानगरपालिका प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनिता डङ्गोल पनि छठी माताको पूजाअर्चनाका लागि कमलपोखरी पुगेका थिए । यस्तै, नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पनि कुपण्डोलमा रहेको पूजास्थल पुगेर छठी माताको दर्शन तथा पूजाअर्चना गरेका थिए । यसैगरी प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पनि कुपण्डोलमा नै छठी माताको दर्शन तथा पूजाअर्चना गरेका छन् ।
छठपर्व चार दिनसम्म मनाइन्छ । यो पर्वमा षष्ठी भगवतीको पूजाअर्चना गरी पुत्र, पति र परिवारको कल्याणको कामना गरिन्छ । छठ पर्वका अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुका दूध, चामल र सख्खरको खीर बनाई प्रसादका रूपमा ग्रहण गर्ने प्रचलन छ । छठको व्रत विधिपूर्वक सम्पन्न गर्नाले मनोकांक्षा पूरा हुने तथा सम्पूर्ण दुःखकष्ट हटेर जाने जनविश्वास छ ।
क्याटेगोरी : समाचार
ट्याग : #Page 8
ताजा अपडेट
- महिलाहरुलाई दिल्लीमा बेचबिखन गरेको अभियोगमा बाँकेकी एक महिला पक्राउ
- छुट्टाछुट्टै सवारी दुर्घटनाबाट सात जनाको मृत्यु
- विभिन्न ठाउँमा चार व्यक्ति मृत अवस्थामा फेला
- अध्यादेश जारी गरेर भएपनि भूमिहीनलाई जग्गा प्रदान गर्ने उपप्रधानमन्त्रीको प्रतिबद्धता
- विभिन्न ठाउँमा आगलागीबाट लाखौँको क्षति
- वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई लाई किन सोध्यो नेपाल नागरिक उड्डयन प्राधिकरणले सात दिने स्पष्टीकरण ?
- कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन: नेपालमाथिको अन्याय रोकिनुपर्छ
- सक्कली प्रहरीको फन्दामा नक्कली प्रहरी
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया