छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनाबाट छ जनाको मृत्यु
काठमाडौं । छुट्टाछुट्टै स्थानमा दुर्घटनामा परी छ जनाको मृत्यु भएको छ । इलाम, दाङ, कञ्चनपुर, रूकुम पश्चिम, सर्लाहीमा दुर्घटना हुँदा छ जनाको मृत्यु भएको हो ।
इलाम, रोङ गाउँपालिका–३ कोलबुङमा ना.६ ख ८४२४ नम्बरको बस सडकबाट करिब ३ सय मिटर तल खसेर आइतबार साँझ दुर्घटना हुँदा बसमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा धनुषा धानुषाधाम नगरपालिका–९ धारापानी बस्ने १२ वर्षीय अर्पण लामा र सोही ठाउँ बस्ने ३५ वर्षीया मनवती लामा रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको बिएण्डसी अस्पताल बिर्तामोड झापामा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका बसमा सवार ३४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दाङ, तुलसीपुर उपमहानगरपालिका–१८ ग्वारखोलामा रा.७४ प ८४६४ नम्बरको मोटरसाइकल र रा.७ प ६५५४ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई आइतबार साँझ दुर्घटना हुँदा रा.७ प ६५५४ नम्बरको मोटरसाइकल चालक शान्तिनगर गाउँपालिका–५ बस्ने २८ वर्षीय अमृत केसीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । रा.७४ प ८४६४ नम्बरको मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कञ्चनपुर, बेदकोट नगरपालिका–७ डाउनास्थित सडकमा सु.प.प्र.०२–००४१ प २७०० नम्बरको स्कुटरलाई म.२ प ७४५६ नम्बरको मोटरसाइकलले सोमबार बिहान ठक्कर दिँदा स्कुटर चालक भिमदत्त नगरपालिका–९ ब्रह्मदेव बस्ने ४८ वर्षीय तारा सिंह कार्कीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएकी स्कुटरमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
रूकुम पश्चिम, सानो भेरी गाउँपालिका–९ खारखोलास्थित सडकमा हाल अल्फाबेट नखुलेको ४२८८ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही गाउँपालिका–९ हासिवाङ बस्ने ६५ वर्षीया कमला खड्का मगरको आइतबार साँझ मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
सर्लाही, हरिवन नगरपालिका–९ नोचास्थित सडकमा मधेश प्रदेश ०३–००१ ज ०३४२ नम्बरको वीङ्गर गाडीको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५२ वर्षीया लक्ष्मी पोख्रेलको सोमबार बिहान मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको स्वाभिमान अस्पताल हरिवनमा उपचारको क्रममा मृत्यु भएको हो । साथै ठक्करबाट घाइते भएका अन्य एक जनालाई उपचारको लागि लालगढ मोडेल अस्पताल धनुषा रिफर गरिएको छ । गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सबै दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- महिलाहरुलाई दिल्लीमा बेचबिखन गरेको अभियोगमा बाँकेकी एक महिला पक्राउ
- छुट्टाछुट्टै सवारी दुर्घटनाबाट सात जनाको मृत्यु
- विभिन्न ठाउँमा चार व्यक्ति मृत अवस्थामा फेला
- अध्यादेश जारी गरेर भएपनि भूमिहीनलाई जग्गा प्रदान गर्ने उपप्रधानमन्त्रीको प्रतिबद्धता
- विभिन्न ठाउँमा आगलागीबाट लाखौँको क्षति
- वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारीलाई लाई किन सोध्यो नेपाल नागरिक उड्डयन प्राधिकरणले सात दिने स्पष्टीकरण ?
- कोप–२८ मा प्रधानमन्त्रीको सम्बोधन: नेपालमाथिको अन्याय रोकिनुपर्छ
- सक्कली प्रहरीको फन्दामा नक्कली प्रहरी
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया