Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपाटन दरबारको डबलीमा सुरु भयो कात्तिक नाच

पाटन दरबारको डबलीमा सुरु भयो कात्तिक नाच


ललितपुर । हरेक वर्ष कात्तिक महिनामा नृसिँह नाचका रूपमा पाटन दरबारको पश्चिममा रहेको डबलीमा देखाउने गरिएको कात्तिक नाच गत शनिबार रातिबाट सुरु भएको छ । मल्लकालीन राजा सिद्धिनरसिंह मल्लले चलाएको ऐतिहासिक कात्तिक नाच ३ सय ८१ वर्षदेखि निरन्तर रुपमा सञ्चालन भइरहेको यसवर्ष १० दिनसम्म चल्नेछ ।

विष्णु पुराणको कथामा आधारित यो नाचमा साताभर पोङ्गा, खीं, ताः र झ्याली बजाउँदै विष्णुका विभिन्न अवतारहरू प्रस्तुत गरिन्छ । कथन अनुसार वि.सं. १६९७मा राजा सिद्धिनरसिंह मल्लले आफ्ना गुरू तथा ज्योतिषहरूको सल्लाहअनुसार देश तथा जनताको कल्याणका लागि कात्तिक महिना पारेर सो नाच चलाएका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया