Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारपीपीई लगाई चेकजाँच गर्दै ट्राफिक प्रहरी

पीपीई लगाई चेकजाँच गर्दै ट्राफिक प्रहरी


काठमाडौं, जेठ ४
सरकारले जारी गरेको ‘लकडाउन’लाई कडाइका साथ कार्यान्वयन गराउन फ्रन्टलाइनमा रहेर ट्राफिक प्रहरी अहोरात्र खटिँदै आएको छ । ट्राफिक प्रहरीले सवारी आवागमनलाई व्यबस्थित र कडाई गर्नका लागी चेकजाँच र सोधपुछ गर्दा सवारी चालकसंग सबैभन्दा पहिले ‘फेस’ गर्नुपर्छ जसले गर्दा कोरोना भाइरस संक्रमणको उच्च जोखिममा ट्राफिक प्रहरी रहेको छ ।

दैनिक सडकमा खटिनुपर्ने ट्राफिक प्रहरीलाई कोरोना भाइरसबाट हुने जोखिम न्यूनीकरणका लागि महाशाखाले उपत्यकाको २६ वटा मुख्य चोक तथा नाकाहरूमा खटिने ट्राफिक प्रहरीलाई पीपीई (पर्सनल प्रोटेक्ट इक्विपमेन्ट) र ४६ स्थानमा फेस सिल्ड (भाईजर) र पञ्जा लगाई डिउटी गर्ने व्यबस्था मिलाइएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीम प्रसाद ढकालले जानकारी दिएका छन् ।

एसएसपी ढकालले, ट्राफिक प्रहरी सडकमा प्रत्यक्षरुपमा खट्टिनुपर्ने भएकाले माहामारीकोरुपमा फैलिरहेको कोरोनो भाइरस संक्रमणबाट बच्नका लागि पूर्वसावधानी अपनाउन यस्तो व्यवस्था गरिएको हो । पर्याप्त मात्रामा पीपीई नभएकाले पीपीई नभएका त्यस्ता स्थानमा खटिने ट्राफिक प्रहरीलाई भने कम्तीमा २ मि.को सामाजिक दूरी कायम राखि सुरक्षित भई चेकजाँचको व्यवस्था मिलाएको बताए ।

महाशाखाले प्रत्येक ट्राफिक प्रहरीलाई सेनिटाइजरसँगै मास्क, पञ्जा, साबुन आवश्यकताअनुसार वितरण गरिरहेको र यसबाट बच्ने उपाय तथा पालना गर्नुपर्ने सावधानीलगायतका विषयहरुमा नियमितरुपमा ब्रिफिङ समेत गरिरहेको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले जानकारी दिए । प्रबक्ता श्रेष्ठले लकडाउनलाई कडाइका साथ पालना गराउन खटिने सम्पूर्ण ट्राफिक प्रहरीलाई सुरक्षित भई सामाजिक दूरी कायम राखी चेकजाँच र सवारी व्यवस्थापन गर्न दैनिक निर्देशन र अनुगमन एव सचेत गराइरहेको बताए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया